चिनी पनि विष बन्न सक्छ !

काठमाडौँ

शरीरमा चिनीको मात्रा बढी भएमा शरीरको हड्डी खिईदै जान्छ ।
चिनीको बढी प्रयोगले महिलाको प्रजनन क्षमतामा समेत ह्रास ल्याउँछ ।
गुलियो खानेकुरा खाँदा शरीरमा चिनीको मात्रा बढी हुन जान्छ र यसले थकान महसुस गराउनुका साथै शरीरलाई कमजोर बनाउँछ ।
शरीरमा चीनको मात्रा बढी भएमा मानसिक रुपमा समेत असर पुर्याउँछ । कतिपय जंकफुडमा नुन र चिनी हुन्छ, जसका कारण किड्नीमा असर पर्न जान्छ ।
गुलियो खानेकुरा मिठाईजस्ता परिकारको अत्यधिक प्रयोगले मोटोपनसमेत बढाउँछ । निरन्तर गुलियो खाद्य पदार्थ खाँदा अस्वभाविक तौल बढ्न जान्छ, जुन स्वास्थ्यका लागि हितकार छैन ।
गुलियोले डिप्रेसशन पनि निम्त्याउन सक्छ । यसले दीर्घरोगको सम्भावना पनि बढी हुन्छ ।

गर्मीमा नखानुस् 
अव्यस्थित खानपान शैलीले मानिस अधबैँसे उमेरमै विभिन्न रोगको सिकार हुन्छ ।
पछिल्लो समय अत्यधिक रुपमा पेय पदार्थको प्रयोग बढेको छ । तर, एउटा चिसो पेय पदार्थ खाँदा १० चम्चा पनि संगै खान्छौं । त्यस्तै, फ्रुट जुसहरुमा पनि चिनीको मात्रा बढी हुन्छ, जुन शरीरका लागि मन्द विष हो ।
गर्मीको बेला फ्रुट जुस बढी प्रयोग गरिन्छ जुन राम्रो होईन ।
डा. अरुणा उप्रेती, जनस्वथ्यविज्ञ
चिनी स्वास्थ्यका लागि आवश्यक खाद्य पदार्थ हो । तर, यसको बढी सेवन मानिसका लागि विष साबित हुन सक्छ ।
चिया पेय पदार्थ, र खानामा हामीले चिनी पनि सगै खाइरहेका हुन्छौं तर, चिनीको अत्याधिक प्रयोगले स्वास्थ्यमा यस्तो असर पुर्याउँछ । नयाँ पत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया