चिलिमेको शेयर मूल्य समायोजन
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_667,h_400/https://businesspati.com/wp-content/uploads/2018/05/nepal-stak-exchange.jpg)
काठमाडौँ, १९ पुस
चिलिमे जलविद्युत् कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा प्रतिकित्ता रु ५६२ मा मूल्य समायोजन गरेको हो । कम्पनीले २० प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरे लगत्तै मूल्य समायोजन गरेको हो । कम्पनीको औसत आधार मूल्य रु ७३७ रहेको छ ।
यस्तै हालै मात्र साधारण शेयर बिक्री गरेको चौतारी लघुवित्त वित्तीय संस्थाको कारोवार सुरु भएको छ । स्टकका अनुसार सो कम्पनीको पहिलो कारोवार मूल्य रु १११ देखि रु ३३५ सम्म रहने प्रक्षेपण गरिएको छ । कम्पनीको बुधबार मात्रै १६ लाख ६० हजार कित्ता शेयर स्टकमा सूचीकृत भएको थियो । कम्पनीले केही समय पहिले मात्रै रु छ करोड बराबरको छ लाख कित्ता साधारण शेयर बिक्री गरेको थियो । रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया