चिलीलाई हराउँदै अर्जेन्टिनाको विजयी सुरुवात

एजेन्सी, काठमाडौं,२५ जेष्ठ

डिफेन्डिङ च्याम्पियन चिलीलाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ।
स्टार खेलाडी लियोनल मेसी र सर्जियो अग्युरोबिनै मैदान उत्रिएको अर्जेन्टिनाले डिफेन्डिङ च्याम्पियन चिलीलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।
जितसँगै अघिल्लो संस्करणका फाइनलमा चिलीसँग व्यहोरेको हारको बदला पनि अर्जेन्टिनाले लिएको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि खेलको ५१ औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए।
यस्तै खेलको ५९ औँ मिनेटमा एभर बेनेगाले गोल गर्दै अजेन्टिनाको अग्रता दोब्बर पारे। खेलको इन्जुरी समयमा चिलीका लागि जोसे पेड्रोले सान्तोना गोल फर्काए।

फेसबुकबाट तपाईको प्रतिक्रिया