चिसो बढेपछि दिपायल सिलगढीका सामुदायिक विद्यालय बन्द

काठमाडाैं, २७ पुस

डोटी-हिमपातका कारण अत्यधिक चिसो बढेपछि डोटीको दिपायल सिलगढी नगरपालिकाले नगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमाबिदा दिने निर्णय गरेको छ।नगरपालिकाले आउँदो माघ १ गतेसम्म (पाँच दिन) विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

नगरभित्र एकाएक चिसो बढेको र विद्यार्थीलाई विद्यालय आउन जान समस्या भएपछि विद्यालय बन्द गर्न अनुरोध गरिएको निमित्त प्रमुख प्रसासकीय अधिकृत मञ्जु थापाले जानकारी दिइन्।रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया