चीनद्वारा अन्तरीक्ष प्रयाेगशालाको सफल प्रक्षेपण

काठमाडाैं ३१ भदौ

चीनले बिहीवार गरिएको अन्तरीक्ष प्रयोगशाला तिअाङगाेङ -२ को प्रक्षेपण सफल भएको घोषणा गरेको छ । यसबाट सन् २०२२ सम्ममा अन्तरीक्षमा स्थायी प्रयोगशाला स्थापना गर्ने चिनियाँ याेजना सफल हुने सम्भावना बढेको सिन्ह्वाले जनाएको छ । चीनको अन्तरिक्ष विज्ञानको अन्वेषणलार्इ विस्तार गर्न प्रयोगशालाको प्रयोग गरिने सम्बन्धित अधिकारीले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया