चीनमा हिमताल फुटेको कारण भोटेकोशीमा बाढी आएको अनुमान

काठमाडौं–२३ असार

चीनतिरका हिमताल फुटेका कारण मंगलबार राति भोटेकोशीमा अकस्मात बाढी आएको हुनसक्ने विशेषज्ञहरुले औंल्याएका छन् ।tshoropallake

हिमताल फुटेर वा डेब्रिज (गेगर, रुखबिरुवा, ढुंगा, लेदो) सहित ठूलो पहिरो आएका कारण अकस्मात बाढी आएको हुनसक्ने उनीहरुको अनुमान छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका तर्फबाट त्रिविको भूगोल विभागका प्राध्यापक डा. नरेन्द्रराज खनाल, इसिमोडका हिमताल विज्ञ प्रदिपकुमार मुल र चीनको कुन्मिङस्थित युनान युनिभर्सिटीकी जिन मिङ हुले गत वर्ष गरेको अध्ययनले चीनतिरका १० हिमताल विस्फोटको जोखिममा रहेको निष्कर्ष निकालेको थियो ।

१० मध्ये ६ वटा जतिबेला पनि विष्फोट हुन सक्ने अवस्थामा रहेको उक्त अध्ययनका देखाएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया