चीनयाँ सबैभन्दा कठोर, तर सबैभन्दा दयालु देश कुन ?

काठमाडौं १० कात्तिक।
एक अध्यनले लामो समयदेखि युद्धको सामना गरिरहेको इराकका मानिस विश्वमै सवैभन्दा दयालु देखाएको छ ।

सीएफएफ वल्र्ड गिविग इन्डेक्सले सन् २०१६ मा गरेको अध्यनले इराकका मानिस अपरिचित मानिसप्रति सवैभन्दा उदार रहने गरेको देखाएको छ । सो शोधका अनुसार म्यानमारका मानिसले सबैभन्दा धेरै दान गर्ने गरेका छन् । एसियाली मुलुक म्यानमारमा एक महिनामा ९१ प्रतिशतले दानमा पैसा दिएका छन् । यसको तुलनामा ६३ प्रतिशत अमेरिकीले या त दानमा पैसा दिएका छन् भने ७३ प्रतिशत अमेरिकीले अपरिचित व्यक्तिको मद्दत गरेका छन् । अमेरिकी नागरिकको तुलनामा दोस्रो स्थानमा चीन सबैभन्दा कम दयालु देशमा दर्ज भएको शोधले देखाएको छ ।

म्यानमार तेस्रो पटक सूचीको शीर्ष स्थानमा परेको छ । म्यानमारमा कुल जनसंख्याको आधा भन्दा धेरै जनताले अरुको सहयोगका लागि समय दिएका छन् तथा ६३ प्रतिशत मानिसले अपरिचितको सहयोग गरेका छन् । उनीहरुले गरेको दानको धेरै हिस्सा गुम्बामा रहेका भिक्षुलाई दान दिनमा खर्च गरेका छन् । युरोपमा अपरिचित मानिसको लागि समय, आर्थिक सहयोग तथा स्वेच्छामा सेवा गर्नेमा बेलायतीहरु अगाडि छन् ।

गत एक महिनामा दशमध्ये आठ इराकीले यस्ता मानिसको सहयोग गरेका छन्, जसलाई उनीहरु चिन्दैनन् । लिबियाका मानिसपनि मदत गर्ने मामलामा इराकको बराबरीमा पर्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया