चीनलाई गैंडा दिन यस्तो समस्या

काठमाडौँ २६ श्रावण

सरकारले चीनलाई गैंडा दिन नपाउने भएको छ। संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियमन तथा नियन्त्रण गर्न बनेको ऐन २०७४ ले गैंडा दिन रोक लागेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले सरकारी निर्णयअनुसार चीनलाई दुई जोडी एकसिंगे गैंडा दिन सम्झौता भइसकेको बताए ।

एक आर्थिक वर्षमा बढीमा एक जोडीसम्म मात्र दिन पाइने प्रावधान भएकाले एकैपटक चीनलाई दुई जोडी गैंडा दिन कानुनी समस्या उत्पन्न भएको हो । एकै पटक दुई जोडी गैंडा चीनलाई दिए नेपाल साइटिसको कारबाहीमा पर्न सक्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया