चीनियाँ राष्ट्रपतिसँगै भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन पहल

काठमाडौं ३० जेस्ठ
चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण केही महिनाभित्रै गराउने प्रयाससँगै सरकारले भारतीइ राष्ट्रपति प्रणव मुखर्जीलाई पनि सन् २०१६ भित्रै नेपाल भ्रमण गराउन सरकारले प्रहल शुरु गरेको आजको कान्तिपुर दैनिकमा खबर छ ।
सरकारले भारतीय राष्ट्रपतिको भ्रमणका लागि कूटनीतिक र राजनीतिक सम्पर्क लगातार अघि बढाएको छ ।
प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवि भण्डारीको तर्फबाट मुखर्जीलाई नेपाल भ्रमणको निम्ता दिएका थिए ।
१९ वर्षदेखि भारतका कुनै पनि राष्ट्रपतिले नेपाल भ्रमण गरेका छैनन् ।
उता, अजोजको अन्तिम सातामा चिनियाँ राष्ट्रपतिको भ्रमण गराउने गरी सरकारले पहल गरिरहेको छ । यसका लागि रक्षामन्त्री भीम रावल चीन जाने बताइएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया