चीन म प्रधानमन्त्री हुँदा झन खुसी हुन्छः प्रचण्ड

काठमाडौं ३१ असार, ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतको समर्थनमा सरकार ढालेको आरोपको खण्डन गरेका छन्  । प्रचण्डले शुक्रबार आफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘म १० वर्षदेखि चीनसँग नजिक छु । प्रचण्ड आउँदा चीन झन खुसी हुन्छ ।’

सरकार परिर्वतनको खेल स्वचालित नभई ब्याट्रीबाट चलेको भन्ने प्रधानमन्त्रीको टिप्पणी निकृष्टताको संज्ञा  दिएका छन्  । प्रचण्डले भने, ‘चीन र भारतका नाममा भनाएका कुरा हल्ला मात्र हुन् । र यो सत्ता टिकाउने डिजाइन मात्र हो ।’

सरकार अल्पमतमा परिसकेको भन्दै उनले तत्काल राजीनामा नदिनुले षड्यन्त्रको आभाष भएको बताए । उनले एमालेले भने जस्तो नयाँ सरकार बनाउन कानुनी अड्चन नरहेको र नियमावलीमा कुनै ‘कन्फ्युजन’ नरहेको दाबी समेत गरे ।

ओली सरकारले फुजेल, ओखलढुंगा काण्डमा ७६ वर्षका बुद्धलाई समेत थुनेको भन्दै प्रचण्डले त्यसलाई द्वन्द्वकालीन मुद्दा ब्यूताउने प्रयास भनेका छन् । एमालेसँग आफूले दुश्मनी नचाहेको भन्दै प्रचण्डले अविश्वासको प्रस्ताव पास भएपछि फेरि सबैलाई सहमतिमा ल्याएर अघि बढ्ने बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया