चीन सरकारको आर्थिक सहयोगमा बिस्तारित कोटेश्वर-कलंकी सडकखण्ड : मनसुनमा पनि नर्बाध काम

बिजनेसपाटी २० असार

चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा सुधार भइरहेको कोटेश्वर कलंकी सडकखण्डको कार्य मनसुनमा पनि नर्बाध रुपमा सञ्चालन हुने काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ ।

योजनाका योजना प्रमुख ज्ञानेन्द्र झाले मनसुन सुरु भए पनि सडक सुधार कार्यअन्तर्गतको कालोपत्रे गर्नेबाहेकका काम रोकिनुपर्ने बताए ।

हामीले यो सडक २०१८ को जुलाईभित्र सुधार गर्नुपर्ने हुन्छ । उनले भने, मनसुनमा चक्रपथ सुधार कार्य सम्पन्न गर्न कच्चा पदार्थ जुटाउनेदेखि ब्लकहरु बनाउने कामहरु हुनेछन् । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया