चुनावी माहोलले सेयरमा उत्साह

काठमाडौं, १६ चैत ।
चुनाव मिति नजिकिँदै आउँदा सेयर बजार पनि निरन्तर उकालो लाग्न थालेको छ । मंगलबार सेयर बजार मापक नेप्से ७६.७९ विन्दुले बढेर १६१०.६२ मा पुगेर रोकिएको छ ।
आजको नागरिक दैनिकमा खबर छ– यसअघि साउन १२ गते १८८१.४५ बिन्दुमा पुगेर नेप्सेले कीर्तिमान कायम गरेको थियो । अहिले सोही कीर्तिमान पछ्याउँदै सेयर बजार अगाडि बढेको छ ।
मंगलबार नेप्से अत्यधिक बढेका कारण नेपाल स्टक एक्सचेन्ज लिमिटेडले तीन पटक सर्किट ब्रेकर लगाउनुप¥यो । सर्किट ब्रेकर लगाएकै कारण दैनिक चार घन्टा कारोबार हुने सेयर बजार मंगलबार २ घन्टा मात्रै भयो ।
११ बजेदेखि खुलेको सेयर बजार २ बजेर ५८ मिनेटमा नै बन्द भयो । पहिलो पटक सर्किट ब्रेक लगाएर १५ मिनेट र दोस्रो पटक लगाएर ३० मिनेट रोक्नु प¥यो ।
तेस्रो पटक २ बजेर ५८ मिनेटमा पाँच प्रतिशतको वृद्धिपछि फेरि सर्किट ब्रेक लगाएर कारोबार नै बन्द हुन पुगेको स्टक ब्रोकर एसोसिएसनका पूवअध्यक्ष अन्जनराज पौडेलले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया