चेक साट्नेको संख्यामा वृद्धि,क्लियरिङ हाउसमा दैनिक ४० हजारभन्दा बढी चेक

काठमाडौं २३ पौष

राष्ट्र बैंकले पैसाको कारोबारलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने प्रक्रिया थाले पनि चेक साट्नेको संख्या बढ्दो छ। नेपाल क्लियरिङ हाउसमा दैनिक ४० हजारभन्दा बढी चेक साटिने गरेकोछ। दैनिक २४ अर्क ६० करोडको चेक क्लियरिङ हुदै आएको हाउसकी अपरेसन म्यानेजर मुन्नी राजभण्डारीले जानकारी दिइन्। उनले भनिन् ‘ गत वर्ष दिनहुँ २२ अर्बको हाराहारीमा चेक साटिन्थ्यो, अहिले बढेको छ।’ ‘गत वर्ष औसतमा दैनिक ४३ हजार तीन सय २६ चेक साटिने गरेकामा अहिले संख्या घटेर ४० हजारको हाराहारीमा सीमित छ’ उनले भनिन् ‘तर चेक सटही संख्या घटे पनि क्लियरिङ रकम भने बढेको छ।’ ६ वर्षअघि वर्षमा दुई खर्ब ३९ अर्बको चेक क्लियरिङ हाउसले क्लियर गरेको थियो। अपरेसन म्यानेजर राजभण्डारीका अनुसार अहिले सटही रकम साढे २१ गुणाभन्दा बढीले बढेको छ।

गत वर्ष क्लियरिङ हाउसले ५१ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको चेक क्लियर गरेको थियो।  ठूला कारोबार चेकबाटै हुने गरेकाले कारोबार रकम बढी देखिएको सानिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए। ‘संसारभर नै जतिसुकै पेपरलेस प्रविधिमा जाने भनिए पनि ठूलो रकमको कारोबार चेकबाटै हुने अभ्यास छ’ उनले भने। नेपाल क्लियरिङ हाउसले नेपाली चेक क्लियरिङ गर्नुका साथै युएस, युरो तथा जीबीपी पनि साट्ने गरेको छ। अन्नपुर्णपोस्टबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया