चेम्वर पदाधिकारी र राष्ट्रपतीबीच भेटघाट तथा छलफल

बिजनेसपाटी २९ पौष ।
नेपाल चेम्वर अफ कमर्सको ६९ औ वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन बिभिन्न जिल्ला तथा नगरबाट आउनु भएका जिल्ला तथा नगर चेम्वरका सभापति तथा पदाधिकारीहरु तथा नेपाल चेम्वर अफ कमर्सका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको आज मंगलवार राष्ट्रपति बिद्यादेवी भण्डारीसंग भेटघाट भएको छ ।
त्यस अवसरमा नेपालको व्यवसायीक क्षेत्रका बिबिध पक्षहरुवारे नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । उक्त अवसरमा श्रेष्ठले सम्माननीय राष्ट्रपति समक्ष चेम्वरले ७० वर्षको अवधिमा निजी क्षेत्रको सशक्तिकरणको लागि चेम्वरले निर्वाह गरेको भूमिकाबारे चर्चा गर्नु भयो । उहाँले चेम्वरको संरचना तथा अन्तर्राष्ट्रिय व्यावसायीक सम्वन्ध र त्यसबाट मुलुकले प्राप्त गरेको लगानी तथा व्यापारको लागि भएको योगदान वारे पनि प्रष्ट पार्नु भएको थियो । श्रेष्ठले नेपाल भ्रमण वर्ष २०२० लाइ सफल पार्न जिल्ला स्तर तथा नगर स्तरबाट समेत चेम्वरको तर्फबाट सक्दो भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दै पर्यटन क्षेत्रका केही चुनौतिबारे पनि प्रकाश पार्नु भएको थियो ।
अध्यक्ष श्रेष्ठले व्यवसाय संचालन खर्च वढि रहेको वारे व्यक्त गर्नु हुंदै संघीय प्रणाली पश्चात करको दरमा एक रुपता नभएकोले एकिकृत कर प्रणाली लागू गरिनु पर्नेमा जोड दिनु भएको थियो । उक्त अवसरमा सम्माननीय राष्ट्रपतिबाट सम्पूर्ण उपस्थित पदाधिकारी तथा सदस्यहरुलाइ स्वागत गर्नु हुंदै चेम्वरका अध्यक्ष श्रेष्ठले प्रस्तुत गर्नु भएको अभिव्यक्तीले नेपालको अर्थतन्त्र कतातर्पm गइरहेको छ भन्ने बारे यसका अन्तरनिहीत समस्यावारे बुझने अवसर प्राप्त भएकोले यसलाइ सकारात्मक रुपमा लिएको बताउनु भयो । ‘’समृद्ध नेपाल तथा सुखी नेपाली “ ेको सपना साकार पार्न वर्तमान सरकारको प्रयाशलाइ सघाउन आग्रह गर्नु भयो । बिद्यमान अर्थतन्त्र वारे बिस्तृत चर्चा गर्नु हुंदै सम्माननीय राष्ट्रपति बिद्यादेवी भण्डारीले हाम्रो शक्ति केहो त्यो पहिचान गरौ र हामीसंग के छ त्यो दिने हो र हामीसंग के छैन त्यो लिने हो । हामीले हाम्रो शक्तिमा आधारित अर्थतन्त्रको बिकाश गरौ । र स्वाधिन अर्थतन्त्र निर्माणको दिशा तर्फ उन्मुख हुन सरकारको प्रयाशलाइ सहयोग गर्न आब्हान गर्नु भयो । सो दीगो बिकासमा जान अरु संग नभएको तर हामीसंग मात्र भएकोलाइ बिकास गरौ । बजारलाइ टाढा जानु पर्दैन हाम्र्रै छिमेकीहरु छन भन्ने बताउनु भयो ।
अवको चुनौति भनेको बैदेिशक रोजगारीमा गएका नेपालीहरु स्वदेशमा फर्किएमा उनीहरुको व्यवस्थापन गर्न प्रयासरत हुन जरुरी छ । यसको महत्वपूर्ण जिम्मेवारी निजी क्षेत्रको हो भन्ने बताउनु भयो । उक्त अवसरमा बिभिन्न जिल्ला तथा नगरबाट आउनु भएका जिल्ला तथा नगर चेम्वरका सभापति तथा पदाधिकारीहरु तथा नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया