चेल्सीले लिसेस्टरलाई हरायो
काठमाडौं ५ असो ।
चेल्सीले प्रिमियर लिग च्याम्पियन लिसेस्टर सिटीलाई हराएको छ र, ईएफए कपको चौथो चरणमा पुगेको छ । मंगलबार रातिको खेलमा चेल्सीले १० खेलाडीमा सिपमत लिसेस्टरलाई ४-२ गोल अन्तरले हराएको हो । चेल्सीको जितमा फेबि्रगास नायक बने । खेल २-२ को बराबरीमा रहेको अवस्थामा उनले ९२ औं र ९४ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाएका हुन् । त्यसअघि खेलमा लिसेस्टरले ओकाजाकीको गोलबाट अग्रता लिएको थियो । १७ औं मिनेटमा पहिलो गोल गरेका उनले ३४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया