चैत्र २४ गते सार्वजनिक बिदा 

काठमाडौं, चैत ६, २०८१ । नेपाल सरकारकाले चैत्र २४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । चैत २४ गते रामनवमीका अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो। सोमबार बसेको बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले २०८१ साल चैत्र २४ गते रामनवमीका दिन सार्वनजिक बिदा दिने निर्णय भएको जानकारी दिए।

बैठकले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमोजिम नेपाल सरकारको आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गने निर्णय गरेको छ ।

त्यस्र्त बैठकले विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय समेत गरेको छ ।

बैठकले ऋण असुली न्यायधिकरणको बैंकिङ्ग सदस्य पदमा नरेशराज अर्याल, काठमाडौलाई नियुक्त गर्ने र नेपाल प्रहरीको प्रहरी महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षका दीपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया