चैनपुर र धादिङवेशीमा एनआईसी एशिया बैंकको नयाँ शाखा

काठमाडौं,२७ माघ  ।

एनआईसी एशिया बैंकले थप २ नयाँ शाखा विस्तार गरेको छ । बैंकले शुक्रबार बझाङको चैनपुर र धादिङको धादिङ्गवेशी नयाँ शाखाविस्तार गरेको हो । चैनपुर शाखाको उद्घाटन जयपृथ्वी नगरपालिकाका मेयर बिरेन्द्रबहादुर खड्का र निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले धादिङ्गवेशी शाखाको औपचारिक उद्घाटन गरे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लेखित २ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १७० शाखा कार्यालयहरु, १६८ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया