चौतारी लघुवित्तको पाँच लाख बढी कित्ता आइपीओ आउँदै
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_777,h_437/https://businesspati.com/wp-content/uploads/2018/02/ipo.jpg)
काठमाडौं, २४ वैशाख ।
चौतारी लघुवित्त वित्तीय संस्थाले रु पाँच लाख ४० हजार कित्ता साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ ।
एक सय रुपैयाँ मूल्य अंकित दरको पाँच करोड ४० लाख रुपैयाँ बराबरको साधारण शेयर बिक्रीका लागि एनआइबिएलएस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको सो संस्थाले आज प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।
संस्थाको अधिकृत पूँजी ३० करोड रुपैयाँ, जारी पूँजी १८ करोड रुपैयाँ र चुक्तापूँजी १२ करोड ६० लाख रुपैयाँ रहेको छ ।
शेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा चौतारी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरे र एनआइबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गर्नुभएको छ ।
बुटवलमा केन्द्रीय कार्यालय रहेको यो वित्तीय संस्थाले छोटो अवधिमै रुपन्देही, नवलपरासी, कपिलवस्तुु, गुुल्मी, अर्घाखाँची, पाल्पा, दाङ ,प्यूठान, रोल्पा र सल्यान गरी १० जिल्लाभित्र ३४ वटा शाखा कार्यालय स्थापना गरेको छ । ती कार्यालयबाट २२ हजार ९०८ विपन्न महिलालाई समूहमा आबद्घ गरी रु १७ करोड ६४ लाख ५२ हजार बचत संकलन गरेको छ ।
यस्तै ६१ करोड ५० लाख ७८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको सो संस्थाले गत आर्थिक वर्षमा ५७ लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको थियो । संस्थाले चालुु आवको तेस्रो त्रैमासिकसम्ममा ६५ लाख ४२ हजार रुपैयाँ खुद मुुनाफा हासिल गर्न सफल भएको विज्ञप्तिमा उल्लेख छ ।रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया