च्याउ र पालुङ्गोले बढाउँछ युरिक एसिड

काठमाडौं, १२ फगुन २०८१ । अहिलेको सिजिनको तरकारी पालुङ्गो र च्याउले युरिक एसिड बढाउने स्वास्थ्य विज्ञहरुले बताएका छन् । पालुङ्गो एक पौष्टिक तरकारी हो, जसमा आइरन, भिटामिन सी र फाइबर प्रशस्त मात्रामा पाइन्छ । यद्यपि, यसमा प्यूरिन पनि उच्च मात्रामा हुन्छ। युरिक एसिडको समस्याबाट पीडित व्यक्तिहरूले पालुङ्गो सीमित मात्रामा खानुपर्छ। धेरै मात्रामा पालुङ्गो खाँदा युरिक एसिडको स्तर बढ्न सक्छ।
त्यस्तै च्याउमा प्यूरिन धेरै मात्रामा हुन्छ, जसले युरिक एसिडको स्तर बढाउन सक्छ। च्याउ प्रोटिन र एन्टिअक्सिडेन्टको राम्रो स्रोत भएतापनि युरिक एसिडका बिरामीहरूले यसलाई खानबाट जोगिनु पर्छ वा थोरै मात्रामा खानु पर्छ भन्ने स्वास्थ्य विज्ञहरुको सल्लाह छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया