आइसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं, फागुन २०, २०८१। आज हुन गइरहेको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको पहिलो सेमिफाइनल भारत र अष्ट्रेलियाबीच हुँदैछ । फाइनलका लागि दावेदार दुई टिम बीचको आजको खेल निकै रोमाञ्चक हुनेछ ।
नेपाली समयअनुसार दिउँसो २ः४५ देखि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आजको सेमिफाइनल खेल हुँदैछ । भारतले पाकिस्तानमा खेल्न नजाने निर्णय लिएरपछि आजको खेल दुबईमा हुँदैछ ।

यसअघि अष्ट्रेलियाको दुई खेल नतिजाविहनी थियो । भारत र अष्ट्रेलिया दुवै बलिया टिम हुन् । भारत समूह ए को विजेता तथा अस्ट्रेलिया समूह बी को उपविजेताका रूपमा आजको सेमिफाइनल खेल्न लागेका हुन् ।

अस्ट्रेलियाले पहिलो खेलमै इंग्ल्याण्डलाई पराजित गर्दैै आफ्नो शानदार जित कायम गरेको थियो । तर त्यसपछिका दुई खेल भने नतिजाविहीन भएको थियो । यता भारतले पनि समूह चरणमा बंगलादेश, पाकिस्तान र न्युजिल्याण्डलाई हराएर आफ्नो अग्रता कायम राखेको थियो ।

भारतले हालसम्मका तीनवटै खेल लगातार दुवई मैदानमा खेलेको छ । त्यसकारण भारतलाई कन्डिशन राम्रोसँग थाहा छ । अस्ट्रेलियासँग मुख्य अनुभवी पेस बलर नहुँदा बलिङ केही कमजोर देखिएपनि आईसीसीका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सक्षम टिम हो । त्यसैले अष्ट्रेलियालाई पनि कममजोर भनिहाल्न मिल्ने अवस्था छैन ।

भारत र अष्ट्रेलिया यसअघि सन् २०२३ को एकदिवसीय विश्वकपको फाइनलमा सँग खेलेका थिए । त्यतिबेला भारत समर्थक लाखौं दर्शकलाई घरेलु मैदान (भारतकै रंगशाला) मा निराश बनाएर अस्ट्रेलियाले छैटौंपटक शानदार विश्वकपको उपाधि जितेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया