जनता बैँकको नेत्रित्वमा माथिल्लो दरौंदी १ जलविद्युतको वित्तीय व्यवस्था

बिजनेसपाटी २५ जेष्ठ ।

कालिका गु्रप अन्तर्गत डायमण्ड हाईड्रोपावर प्रा। लिले प्रवर्धन गरेको १० मेगावाट जडित क्षमताको माथिल्लो दरौँदी १ जलविद्युत आयोजना जनता बैँक नेपालको नेतृत्व र थप दुई बैँक कुमारी बैँक र सेञ्चुरी कमर्सियल बैँकको सहभागितामा रु १ अर्ब ३४ करोड ८० लाख परियोजना कर्जाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । लगानी सम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट निकोलस पाण्डे र कन्सोर्टियम बैँकका तर्फबाट जनता बैंक नेपाल लिमिटेडका काठमाडौं क्षेत्रीय प्रमुख कल्याण विक्रम पाँडेले बिहिबार हस्ताक्षर गरेका छन् ।
आयोजनाको निर्माण लागत रु. १ अर्ब ९२ करोड रहेकोमा कुल लागतको ७०५ रकम बैंकहरुले परियोजना कर्जा प्रदान गर्ने छन् ।
माथिल्लो दरौँदी १ जलविद्युत आयोजना गोरखा जिल्लामा अवस्थित दरौदी खोलामा निर्माण हुनेछ ।

कालिका गु्रपबाट प्रवर्धित चालु अवस्थामा रहेको ६ मेगावाट दरौंदी ए को टेलरेसको पानी र दरौंदी खोलामा २० मिटरको बाँध बाँधी १४।९६ क्युसेक पानी करिब २९५० मिटर पाइप, २०२४ मिटर सुरुङ र करिब ७२४ मिटर पेनस्टक पाइपको माध्यमद्धारा विद्युत गृह मा जडित फ्रान्सिस टरवाइन ९२ वटा० को माध्यमले विद्युत उत्पादन गरे पछि सम्पूर्ण पानी पुनः दरौंदी खोलामा छोडिने छ ।
परियोजना प्रतिबेदन अनुसार आयोजनाबाट वार्षिक ५१,८३२,८८८ युनिट विद्युतीय उर्जा उत्पादन हनेछ । उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद विक्रि सम्झौता अनुसार न्यू मस्र्याङ्दी सबस्टेसन, तनहुँमा जडान गरिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया