जनता बैंकको एक अर्ब ७० लाख रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत
काठमाडौँ ९ चैत्र
जनता बैंक नेपालले गत आर्थिक बर्षको नाफाबाट वितरित १४.४० प्रतिशत बराबरको बोनस सेयर आज नेप्सेमा सूचीकृत गरेको छ । बैंकले एक करोड ७० हजार ९१९ दशमलव ३५ कित्ता सेयर सूचीकृत गरेको हो ।
जनता बैंकले गत आर्थिक बर्षमा नाफाबाट एक अर्ब ७० लाख ९१ हजार ९३५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पुस २८ गते सम्पन्न आठौं बार्षिक साधारणसभाले पारित गरेको थियो ।
जनता बैंकको चुक्ता पूँजी बोनस वितरण पश्चात आठ अर्ब एक करोड रुपैयाँ कायम भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया