जनता बैंकको २ शाखा र ५ शाखा रहित बैकिङ्ग सेवा थपियो
काठमाडौं, ६ चैत ।
जनता बैंक नेपाल लिमिटेडले २ शाख र ५ शाखा रहित बैकिङ्ग सेवा शुरु गरेको छ । चैत महिना भित्रबैंकले २ शाखा सहित ७ ठाउँ सेवा शुरु गरेको हो ।
बाराको सिमरौनगढ शाखा चैत्र १ र पोखराको बुढीबजार शाखा चैत्र ५ गते सोमबारदेखि सञ्चालनमा ल्याएको छ । यसै गरी बैंकले कैलाली जिल्लाको गौरीगंगा न.पा. ६, बनवेहडा, जानकी न.पा. १, दुर्गौली र गोदावरी न.पा. ८, स्याउले बजार साथै दाङ जिल्लाको राप्तीगा.पा. ४, मौरीघाट र लमही न.पा. ३, फलकापुर गरी पाँच स्थानबाटशाखा रहित बैंकिङ्ग सेवा समेत शुरु गरेको छ ।
यससगै बैंकले देशभरीबाट ९८ शाखा संजाल, ३१ शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया