जनता बैंकले ५० प्रतिशत हकप्रद शेयर दिने
बिजनेसपाटी सम्बाददाता
काठमाडौँ ७ जेठ ।
हालै माछापुच्छ्रे बैंकसँगको मर्जर प्रक्रिया तोडिएको जनता बैंकले ५० प्रतिशत हकप्रद शेयर दिने भएको छ । बैंकले चुक्ता पुंजी बढाउन चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो। हकप्रद शेयर वितरण पछि जनता बैंकको चुक्ता पुंजी ३ अर्ब ९ करोड रुपैयाँ पुग्नेछ । हाल जनता बैंकको चुक्ता पुंजी २ अर्ब ६ करोड रुपैयाँ रहेको छ । जेठ ३० गते साधारण सभा गर्ने जनाएको बैंकले सभामा अधिकृत पुँजी १० अर्ब बनाउने प्रस्ताव लैजाने भएको छ। त्यसैगरि संचालक समितिले हाल कायम रहेको प्रवर्द्धक सेयर ७० प्रतिशत र साधारण सेयर ३० प्रतिशतलाई प्रवर्द्धक ५१ र साधारण ४९ प्रतिशत बनाउने प्रस्ताव समेत गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया