जनता बैंक र त्रिबेणी बिकास बैंकको मर्जरलाई अन्तिम स्वीकृति

बिजनेसपाटी १ चैत्र

जनता बैंक र त्रिबेणी विकास बैंकले नेपाल राष्ट्र बैंकबाट मर्जरका लागि अन्तिम स्वीकृति पाएका छन।  राष्ट्र बैंकको सोमबार बसेको संचालक समितिको बैठकले दुवै बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको हो।   मर्जरका लागि अन्तिम स्वीकृति पाएसंगै बैंकले लक्ष्य अनुरुप चैत महिना भित्रै एकीकृत कारोबार गर्ने भएको छ। मर्जरपछि दुवै संस्थाले जनता बैंकको नामबाट एकीकृत कारोबार गर्ने भएका छन्। मर्जरपछि जनता बैंकको चुक्ता पुंजी ४ अर्ब ७२ करोड पुग्ने छ । मर्जरपश्चात बैंकले ६० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको छ।

६० प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ७ अर्ब ५५ करोड पुग्ने छ। यद्दपी मर्जरपश्चात बन्ने जनता बैंकले सिद्दार्थ डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने भएको छ। सिद्दार्थ विकास बैंकलाई एक्वायर गरे पश्चात हकप्रद बिना नै चुक्ता पुंजी ८ अर्ब पुग्ने भएकाले बैंकले  ६० प्रतिशत हकप्रद बिक्रि गर्ने सम्भावना अत्यन्त न्यून रहेको छ।  व्यवसाय विस्तारका हिसाबले दुवै बैंक मर्ज भएपश्चात शाखा तथा सिमित बैंकिड्ड इकाई र एक्स्टेन्सन काउण्टर गरी कुल ७१ स्थानमा बैंक सञ्चालनमा रहने छ भने कुल निक्षेप ३७०० करोड भन्दा माथि र कुल कर्जा रु. ३३०० करोड भन्दा माथि हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया