जनता बैंक र रिलायबल लाइफ इन्स्योरेन्सबीच ब्याकान्स्योरेन्स सम्झौंता

काठमाडौं २२ कार्तिक ।
जनता बैंक र रिलायबल लाइफ इन्स्योरेन्सबीच ब्याकान्स्योरेन्स सम्झौंता भएको छ।

सम्झौंतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुरामकुँवर क्षेत्री र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरेका  छन् ।  इन्स्योरेन्सले व्यक्ति सुहाउँदो नयाँ जीवन बीमा योजना ल्याउने जनाउँदै देशैभरि उपस्थिती जनाउने लक्ष्य छ। सोहि लक्ष्य अनुसार बैंकसँग सम्झौंता गरेको र शाखा संजाल भएका क्षेत्रमा बीमा विस्तार गर्ने कम्पनीले जनाएको छ।

कम्पनीले सात प्रकारका बीमा योजना बिक्री गरिरहेको छ ।कम्पनीले ल्याएको रिलायबल धनपति बीमा योजना धेरैको चासो बनेको दाबी गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया