जनता बैंक र सिद्धार्थ बिकास बैंकको एकीकृत कारोबार सुरु

काठमाडौं ३० असार  ।

आजबाट जनता बैंकले एकिकृत कारोबार शुरु गरेको छ ।  सिद्धार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेसँगै जताले एकिकृत कारोबार शुरु गरेको हो । सो संगै बैंकले असार मसान्तसम्म ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउने भएको छ । सिद्धार्थ डेभलपमेन्ट बैंकलाई प्राप्तसँगै चुक्ता पूँजी ७ अर्ब रुपैयाँभन्दा बढी भएको र चालू आर्थिक बर्षको नाफाबाट १ अर्ब रुपैयाँ बोनस सेयर दिएर ८ अर्ब रुपैयाँ पुर्याइने बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले बताए ।  क्षेत्रीले सिद्धार्थका डेढ लाख बढी ग्राहक, ३० हजार शेयर धनी र ३०० स्टाफलाई स्वागत गरेको समेत बताएका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया