जनता बैकको कोहलपुर शाखाबाट कारोवार सुरु

बिजनेसपाटी ३ बैशाख ।
जनता बैंक नेपालले आजबाट कोहलपुर शाखाबाट कारोवार शुभारम्भ गरेको छ । कोहलपुर नगरपालिका वडा नं. ११, बाँकेमा रहेको यस शाखा बैंकको १०८औं शाखा हो । बाँके जिल्लाको लागि बैकको यो दोस्रो शाखा समेत हो । यस शाखाबाट पनि अन्य शाखाहरुमा झै आधुनिक बैंकिङ्ग सेवाका साथै रेमिटेन्स सेवा र ब्यांकासुरेन्स सेवा पनि लिन सकिने बैकले विज्ञप्ती मार्फत जनाएको छ । कोहलपुर नगरपालिका क्षेत्रमा बासोवास गर्ने जनताहरुलाई सहज बैंकिङ्ग सेवा पु¥याउने पहल स्वरुप स्थापना गरिएको यस शाखाबाट नेपालगंज शाखाका ग्राहकहरुका साथै पूर्व पश्चिम राजमार्गमा यात्रा गर्ने ग्राहकहरुले समेत थप सेवा प्राप्त गर्न सक्ने बैकले जनाएको छ ।
यससँगै जनता बैंक नेपाल लिमिटेडको शाखा सञ्जाल १०८ पुगेको छ भने बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया