जनता बैकको मुद्दती र बचतमा सर्बाधिक ब्याजदर

बिजनेसपाटी १९ मंसीर ।
नता बैक नेपालले निक्षेपमा दिइने ब्याजदर समायोजन गरेको छ । यसको लागि मुद्दती निक्षेपमा ग्राहकहरुले अहिले सम्मकै सर्बाधिक ब्याज पाउने भएका छन् । मासिक ब्याज पाँउने गरी जनता मुद्दती निक्षेपमा वार्षिक १२% ब्याज दर कायम गरिएको छ । यस मुद्दती योजनामा ग्रहकहरुले न्यूनतम रु. १ लाखमा ७५ दिन र सो भन्दा बढीको लागि मुद्दती खाता खोल्न सक्ने छन् । यो योजना सिमित अबधिको लागि र ब्यक्तिगत निक्षेपमा लागु गरिएको बैकले जनाएको छ ।
साथै यस बैंकको सम्पूर्ण बचत खाताको ब्याजदर बार्षिक ७% कायम गरिएको छ । उपरोक्त ब्याज दर यहि २०७५ मंसीर १९ गते देखि लागु हुने बेकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया