जनता बैकले एकैसाथ सुरु गर्यो ८ नयाँ शाखाबाट कारोवार

बिजनेसपाटी १६ चैत्र ।
आर्थिक बर्षको सुरु देखि नै शाखा विस्तारमा निरन्तरता दिएको जनता बैंक नेपालले एकैसाथ ८ नयाँ शाखाबाट कारोवार सुरु गरेको छ । बैकले रामपुर शाखा, रामपुर न.पा. ५, पाल्पाबाट, टिकापुर शाखा, टिकापुर न.पा. १, कैलालीबाट, वालिङ शाखा, वालिङ न.पा. ८, स्याङ्जाबाट, महाराजगंज शाखा, काठमाडौं महानगरपालिका ३, काठमाडौांबाट, ग्वार्को शाखा, ललितपुर महानगरपालिका ८, ललितपुरबाट, नयाँमिल शाखा, तिलोतमा न.पा. ५, रुपन्देहीबाट, दुम्किबास शाखा, बिनयी त्रिवेणी गाउँपालिका १, नवलपरासीबाट र
भुरीगाँउ शाखा, ठकुरबाबा न.पा. वडा नं. १, बर्दियाबाट चैत्र १५ र आज १६ गतेदेखि कारोवार सुभारम्भ गरेको हो ।
यससगै बैंकको शाखा संख्या १०६ पुगेको पुगेको छ भने काठमाडौं उपत्यकामा १७ शाखाहरु रहेका छन् । यस अतिरिक्त बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
बैंकको हाल रु. ५३ अर्ब २४ करोड निक्षेप र रु. ४९ अर्ब ८२ करोड कर्जा कारोवार रहेको छ । बैंकले आ.ब. २०७३-७४ को मुनाफाबाट बोनस शेयर वितरण गरे पश्चात चुक्ता पुँजी रु. ८ अर्ब ७ लाख पुगेको छ । यससगै राष्ट्र बैंकले तोकेको पुँजी सिमा पुरा भइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया