जन्मदिनमा दीपिकाले के भनिन् ?

मुम्बई –२२ पौष

बलिउड अभिनेत्री दीपिका पादुकोणले आफू फिल्म उद्योगको विद्यार्थी भएको बताएकी छन्।

शुक्रबार परेको आफ्नो जन्मदिनको अवसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै दीपिकाले आफ्ना गल्ती र शुभचिन्तकको सुझावबाट निरन्तर सिक्दै आएको बताइन्।

‘जुन दीपिकाको यात्रा ‘ओम शान्ति ओम’बाट सुरु भएको थियो आज पनि म त्यही दीपिका हुँ। मैरो यो यात्रा हरसमय अवस्मरणीय छ,’ फिल्म उद्योगमा एक दशक विताइसकेकी दीपिकाले जन्मदिनका अवसरमा भनिन्– ‘मलाई थाहा छ कि म पहिले के थिए, अहिले म कुन दिशातर्फ अघि बढिरहेकी छु। म लगातार सिकिरहेकी छु। मलाई सिक्ने चाहना सुरु देखिनै थियो। त्यतिबेला पनि आफ्ना गल्ती र मानिसहरुको सुझावबाट आफूलाई सुधार गर्थे र आज पनि त्यसैगरी सिक्दैछु।’

दीपिका हाल आफ्नो आगामी फिल्म पद्मावतीको प्रमोशनमा व्यस्त छिन्। by nagarik

फेसबुकबाट तपाईको प्रतिक्रिया