जन उत्थान सामुदायिक लघुबित्त र ओमी माइक्रोफाइनान्सको लाभाश घोषणा
बिजनेसपाटी १६ अशोज
जन उत्थान सामुदायिक लघुबित्त विकास बैंक लिमिटेड र ओमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले लाभाश घोषणा छन् ।
ओमीले माइक्रोफाइनान्सले २० प्रतिशत शेयर लाभांश र कर प्रयोजनको लागि १.११ प्रतिशत नगद लाभाश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव राष्ट्र बैंकले अनुमति दिएपछि र माइक्रोफाइनान्सको साधारण सभाले पारित गरेपछि वितरण हुने छ । माइक्रोफाइनान्सले गत बर्ष १ करोड ७ लाख खुद नाफा कमाएको थियो । ओमीको हाल ३ करोड ६० लाख चुक्ता पुंजी रहेको छ । माइक्रोफाइनान्सले भदौ १३ देखि ५० प्रतिशत हकप्रद बितरण गरिरहेको छ । हकप्रद बितरणपछि चुक्तापुंजी ५ करोड ४० लाख पुग्ने छ भने २० प्रतिशत बोनसपछि चुक्तापुंजी ६ कोर्द ४८ लाख पुग्ने छ ।
त्यस्तै जन उत्थान सामुदायिक लघुबित्त विकास बैंक लिमिटेडले पनि लाभाश घोषणा गरेको छ । बैंकले आफ्ना लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो । बैंकको शनिबार बसेको संचालक समितिको बैठकले २० प्रतिशत बोनस र कर प्रयोजनको लागि २ लाख १० हजार ५ सय २६ रुपियाँ नगद वितरण गर्ने प्रस्तव गरेको हो ।
बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र बैंकको साधारण सभाले पारित गरेपछि वितरण हुने छ । बैंकले गत बर्ष १ करोड २३ लाख खुद नाफा आर्जन गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया