जब एश्वर्याले १० करोड मागिन्…

काठमाडौँ २३ पौष

केही बर्षको विश्रामपछि बलिउडमा फर्किएकी ऐश्वर्या राय कम तर राम्रो फिल्ममा केन्द्रित हुन खोजिरहेकी छिन् ।

विवाह गरेपछि छोरी जन्माएर घरमै बसेकी ऐश्वर्या बलिउडमा फर्किएसँगै फन्ने खाँ मा सक्रिय भईन् ।

उनको फिल्म आगामी इदमा रिलिज हँुदैछ, जसको टक्कर सलमानको रेस ३ सँग हुनेछ ।

यसपछि ऐश्वर्यालार्य लागातार फिल्मको प्रस्ताव आइरहेको छ ।
हालै उनलाई नर्गिस अभिनित फिल्म रात और दिन को रिमेकका लागि प्रस्ताव आएको छ ।

स्क्रिप्टअनुसार फिल्ममा उनको दोहोरो भुमिका छ ।
तर, जब परिश्रमिकको करा उठ्यो तब उनले १० करोड रुपैयाँ माग गरिन् ।
उनको रेट सुनेर सबै चकित परे ।

यति पारिश्रमिक अहिले बलिउडमा चलेको अभिनेत्रीको पनि छैन ।
तर, ऐश्वर्याको मागमा निर्माता प्रेरणा अरोरा सहमत भईन ।
दोहोरो भुमिकामा ऐश्वर्याले निकै मिहिनेत गर्नुपर्ने र फिल्म बन्न लामो समय लाग्ने भएकाले १० करो दिन आफु राजी भएको अरोराले बताएकी खबर आजको नयाँ पत्रिकामा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया