जसापा नेपालमा नेता व्यवस्थापन समस्या र यसको समाधान

मेघराज तामाङ ( विज्ञान)

नेपालमा पार्टी खोल्ने ,एकीकरण गर्ने र दर्ता हुने पूरानै प्रचल हो । विगतमा धेरै राजनीतक पार्टीहरू थिए । विचार सिद्धान्त मिल्ने पार्टी संस्थागत एकीकरण भए, कोही नेता नेताको एकीकरण, कोही नेता ठूला पार्टीमा प्रवेश गरेर आफ्नो अस्तित्वको रक्षा गरे भने कतिपय पार्टी नीतिगत हिसाबले स्वतः खारेज भए। नेकपा एमाले र नेकपा माओवादीको एकीकरणले नेपालको राजनीतिक इतिहासमा फरक मोड लियो। त्यस्तै हाल समाजवादी पार्टी र जनता समाजवादी पार्टी एकीकरण भएको छ ।  यो एकीकरणले पनि नेपालको राजनीतिक इतिहासमा अर्को मोड लिएको देखिन्छ । यो एकीकरणले यथास्थिति र प्रतिक्रियावादी पार्टीहरु झस्किएको छ । यी दुई पार्टी पनि विभिन्न पार्टीहरूबाट बनेको पार्टी हो । यिनीहरूको अ-आफ्नै पृष्ठभूमि छन् । यिनीहरू आफैमा एकीकरण पस्चात सबै तहमा समायोजन भै एउटा ठोस साँगठनिक विकास र आकार लिई नसकेको हुँदा तल्लो तहको भन्दा माथिल्लो केही शीर्ष नेताहरुको व्यवस्थापनमा समस्या देखिन्छ।

यो पार्टीको नीति , दर्शन ,सिद्धान्त,मूल्य-मान्यता, राजनीति मुद्दा हिजो सदियौं देखि वर्गीय ,जातिय, क्षेत्रीय ,साँस्कृतिक, धार्मिक,भाषिक हिसावले उत्पीडनमा परेको समुदायलाई राजनीतिक मूलधारमा ल्याउन पछिल्लो चरणमा विश्वव्यापि रूपमा विकास भएको र प्रयोगमा आएको संघीयता समानुपातिक , समावेशी, सिद्धान्तलाई पूर्णरुपमा प्रयोग गर्ने, हक अधिकारहरु सुनिश्चित गर्ने, भ्रस्टचार मुक्त सुशासन युक्त , समृद्ध सामाजिक लोकतान्त्रिक समाजवाद स्थापना गर्ने मुख्य उद्देश्य रहेको छ।

अर्को दोस्रो पक्ष भनेको भौगोलिक अखण्डता, सार्वभौम सत्ता राष्ट्रिय स्वाधीनता,राष्ट्रियताको रक्षा र राष्ट्रिय एकताको लागि र राजनीतिक स्थायित्वको लागि समानुपातिक समावेशीतको आधारमा सबै वर्ग, जाती, क्षेत्र लिङ्ग , भाषा, धर्म र संस्कृतिको सहभागितामा पार्टी निर्माण गर्ने त्यही पार्टीको नेतृत्वमा त्यस्तै चरित्रको राज्यसत्ता निर्माण गर्ने हो।

तेस्रो पक्ष भनेको ठोस परिस्थितिको ठोस मूल्यांकन गर्न सक्ने, योग्य, क्षमतावान, दूरदर्शी, राष्ट्रिय अन्तराष्ट्रिय ख्याति प्राप्त, अन्तराष्ट्रिय सम्बन्ध र अन्तराष्ट्रिय राजनीतिक सम्बन्धलाई माजबुज बनाएर राष्ट्रिय हितमा उपयोग गर्न सक्ने नेतृत्व निर्माण गर्नु हो।

यसैको आधारमा जसपा पार्टीको शीर्ष नेतृत्वको व्यवस्थापन हुनु पर्छ। एउटै क्षेत्र,एउटै समुदायबाट नेतृत्वको विकास भएमा जनता समाजवदी पार्टी नेपालको नीति सिद्धान्त मूल्यमान्यता र आम नेता कार्यकर्ता र नेपाली जनताले मान्य छैन र पुरानै पार्टी पुरानै राज्य सत्ताको निरन्तरता हुनेछ।
विगतमा यो पार्टी निर्माण, एकीकरण र समायोजन हुँदा नेतृत्वले पुरानै पार्टीको राजनीतिक सस्कारलाई अवलम्बन गरेको आम नेता कार्यकर्ताको आरोप नभएको होइन। जनता समाजवादी पार्टी नेपाल मा शीर्ष नेतृत्वको व्यवस्थापन पार्टीको नीति सिद्धान्त अनुरूप होस र अन्य मातहतको समितिहरू समायोजन हुँदा नातावाद ,गुटवाद ,पहिचानको नाममा जातिवाद र क्षेत्रीयवाद नहोस भन्ने आम नेता कार्यकर्ताको खबरदारी नभएको पनि होइन।

प्रकासित मिति २०७७–२–१३

फेसबुकबाट तपाईको प्रतिक्रिया