जहाँ नवविवाहित जोडी तीन दिनसम्म शौचालय जान पाउँदैनन्

एजेन्सी १५ अशोज

विश्वका विभिन्न देशमा आ–आफ्नै संस्कृति र परम्परा भएका हुन्छन् । इन्डोनेशियाको एउटा जातीमा अनौठो खालको परम्परा रहेको छ । त्यहाँ विवाह गरेका नवदम्पती विवाह पश्चात तीन दिनसम्म शौचालय जान पाउँदैनन् । कारण यहाँको परम्परा ।

इन्डोनेशियाको टिडान्ग जातीमा अहिलेसम्म पनि यो संस्कार व्याप्त रहेको छ । यदि विवाह गरेको दुलाहा दुलही तीन दिनभित्रै शौचालय गएमा उनीहरुको सम्वन्ध लामो समय टिक्दैन भन्ने मान्यताले जरो गाडेको छ ।

साथै यदि दुलाहा दुलहीले शौचालय प्रयोग गरेमा उनीहरुमा अरुको आँखा लाग्ने र उनीहरुको सम्वन्ध समेत लामो समय नटिक्ने जनविश्वास रहिआएको छ । त्यसैले उनीहरुले दुलाहा दुलहीलाई यस अवधिमा खानेकुरा समेत कम खुवाएर राख्ने गर्दछन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया