‘जागिरे मानसिकताले हामी पछी प¥यौ –गर्भनर डा नेपाल

रिसव गौतम
काठमाण्डौ १६ अशोज
नेपाल राष्ट बैकका गर्भरनर डा चिरञ्जीवी नेपालले युवाहरुको लागि नेपालमा केही नगरिएको र उनीहरुले विदेशीएर विदेश बनाएको बताएका छन । राष्टिय युवा परिषद, युवा तथा खेलकुद मन्त्रालय र एनआरएनएले हिजोबाट भक्तपुरको बोडेमा रहेको कृषि विकास बैकको तालिम केन्द्रमा सञ्चालन गरेको ‘नेपाली युवाहरुको अन्तराष्टिय सम्मेलन’को आज दोश्रो दिन सो बताएका हुन । उनले ७ महिना लामो नाकाबन्दीमा नेपालको उत्पादन क्षेत्रको वास्तविकता प्रष्टिएको समेत बताए । गर्भनर नेपालले बार्षिक ८ अर्ब भन्दा बढी त विदेशबाट तरकारी फलफुल नै आउने गरेको प्रष्ट्याए । यसबाट कृषि क्षेत्रमा नेपालमै सम्भावना रहेको समेत उनले भने ।
सम्मेलनको दोश्रो दिन आज ‘वैदेशिक रोजगारी, गरिवी निवारण र उद्यमशीलता विकास’ विषयक सेसनको अध्यक्षता समेत गरेका उनले जागिरे मानसिकताले नेपालीहरु पछि  परेको समेत बताए । जनसङख्याको हिसावले अधिक युवा शक्तिको लाभाम्स रहेको नेपालमा उधमशीलताको विकासबाट मात्रै मुलुक सम्बृद्ध हुनसक्ने उनको भनाइ थियो । उनले नेपालमा उद्यमशील संस्कारको विकास गराउँदै लानुपर्ने समेत बताए । गर्भरनर नेपालले भने‘ चीन, भारत,थाइल्याण्ड लगायतले उद्यमशील संस्कार विकास गरेकै कारण आर्थिक रुपमा अघाडी बढेका हुन्’ । अरुको नोकर बन्ने सस्कृतिले नै नेपाल र नेपाली पछी परेको उनको भनाइ थियो । संसारमा कही पनि सरकारले जागिर नदिने तर जागिर दिने वातावरण मात्र सिर्जना गर्ने भएकोले सबै युवाहरुले जागिरे मानसिकता त्यागेर उद्यमशीलतामा लाग्नु पर्ने गर्भनर नेपालले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया