जागौ ! जागौ ! अब त जागौ !

लक्ष्मण गौतम, बुटवल मणिग्राम

मेरो घर पल्तीर को लिखे ८ कक्षामा फेल हुदा हुदा वाक्क भएर माओबादी युद्धमा लाग्यो र नेता बन्यो ।  अहिले काठमाण्डौ मा मात्र ३ वटा घर छन । घर मात्र होईन २ वटा स्वास्नी समेत छन, उसको जिन्दगी आनन्दमय छ । पारी गाउको काले बलात्कार को मुद्दामा जेल परेको थियो । जेलबाट छुटेपछी ड्नगिरी गर्यो  । एमाले तिर लाग्यो, केन्द्रिय स्तरको नेता बन्यो । अस्तिको नाकाबन्दीमा कालोबजारी गरेर मात्र लगभग ७० करोड कमाएको हल्ला छ , हुन पनि होला अस्ति सम्म साईकल चढ्ने औकात नभएको काले आज २ करोड ७५ लाख को प्राडो चढ्छ ! पल्ला गाउकी फुलमाया हेर्दा चिटिक्क परेकी छिन , एक जना काँग्रेसी नेताको अघि पछी हिडथिन , सबै तेही काँग्रेसी नेताको गर्ल फ्रेन्ड हो भन्थे , आजकल कतै राजदुत नियुक्ति भएर गएकी छन क्यारे ! मैले माथि उल्लेख गरेका तिनै जना पात्र काल्पनिक हुन तर हाम्रो नेपाली राजनिती र तेस्को विसंगती संग ठ्याक्कै मेल खान्छ ! २००७ साल पछी यो देश राजा , काँग्रेस , एमाले , माओबादीले पालै पालो गरेर चलाए ! राजा त जन्मजात नै धनी प्राणी परे तै पनि देश लुट्न चाही कहिल्यै छाडेनन तर राजा बाहेक काँग्रेस ,एमाले , माओबादी वा अन्य दलका नेताहरुले राजनिती गरेर कति पैसा कमाए त्यो हाम्रो सामु घाम झैँ छर्लंग छ ! हिजो फाटेको कट्टु लगाएर हात्ती छाप चप्पल घिसार्नेहरु को हैसियत स्वात्तै बढेको छ तर न जनता प्रश्न गर्छन न उनीहरु जवाफ दिन्छन  ।

२००५ सालमा राणाले बनाएको फर्पिंङ् जलबिधुत आयोजना यसियाकै सबै भन्दा ठुलो जल बिधुत आयोजना थियो तर आज हामी ७५० मेगावाट बिजुली समेत निकाल्न सकेका छैनौ ! राजाले बरु अलि अलि बिकास गरेका थिए तर नेताले आफ्नो भुडी भर्न बाहेक खोई देश र जनताका लागि के गरे ! हाम्रा नेता आज पनि उनै राणाहरु ले बनाएको सिंह दरबार भित्र बसेर देश बनाउने योजना बुन्छन र बिदेशी ले बनाएको संसद भवन मा बसेर टेवल ठोक्छन , कुर्लिन्छन ! हाम्रा यी पार्टी र यी नेताहरुले देश बनाउने भए आज सम्म नेपाल बनी सक्थ्यो ! हामी भन्दा गरिव देश भुटान , कोरिया , मलेसिया आज बिकास गरेर कहा पुगी सके तर हामी झन भन्दा झन कंगाल हुदै छौ तै पनि हामी नेपाली जनताको आखा खुल्दैन ! हाम्रो आखा अगाडी नेताहरु ले भ्रष्ट्राचार गरेर देश लुटी रहदा समेत हामी मौन छौ तर अब कहिले सम्म ?

देशमा सम्भावना नै सम्भावना छ तर हामी त्यो सम्भावना लाई यथार्त मा परिणत गर्न सकी रहेका छैनौ ! भुटान बिजुली बेचेर धनी हुन सक्छ भने हामी किन सक्दैनौ ? थाईलेण्ड पर्यटक भित्राएर धनी हुन सक्छ भने हामी किन सक्दैनौ ? ३० बर्ष पहिले सम्म हामी अन्न निर्यात गर्थ्यौ भने आज हामी ८०% अन्न आयात गर्छौ , खोई कृषि मा लगानी र आधुनिकरण अनि प्रोत्सान ? देश बनाउने नितीले हो , निती बनाउने नेताले हो र नेता बनाउने जनताले हो ! एक पटक हाम्रा ६०१ जना सांसद हेरौ , हामीले कस्ता व्यक्तिलाई सांसद चुनेर पठाएका छौ ! २०% औठा छाप , ७०% अपराधी र भ्रष्ट्राचारी र बाकी १०% राम्रा तेही रनभुल्ल परेका छन ! कुरा प्रष्ट छ जब सम्म हामी गलत को बिरुद्ध आवाज उठाउदैनौ, भ्रष्ट्राचारी लाई बहिष्कार गर्दैनौ र निती बनाउने ठाउमा राम्रा मान्छे पुराउदैनौ तब सम्म नेपाल बन्दै बन्दैन !

you can follow him on  https://www.facebook.com/Laxman-Gautam

फेसबुकबाट तपाईको प्रतिक्रिया