जाजरकोट र जोशीपुरमा पनि पुग्यो एनआईसी एशिया बैंकको नयाँ शाखा

बिजनेसपाटी २१ कार्तिक ।

एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु जोशीपुर गाउँपालिका वडा नं. ०२, कैलाली र भेरी नगरपालिका वडा नं ०४, जाजरकोटमा आज मंगलवार एक समारोहका बिच उदघाटित भएको छ । जोशीपुर गाउँपालिकाका कार्यकारी अधिकृत नारायणबहादुर बिष्ट र अध्यक्ष रामकृष्ण चौधरीबाट जोशीपुर शाखाको र भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तिबाट जाजरकोट शाखाको समुद्घाटन सम्पन्न भएको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया