जापानको क्योदाइ रेमिट्यान्स र आइएमईको जीवनवीमा योजना
काठमाडौं २६ फागुन
२०७५ फागुन १९ गते सस्तो, सुलभ र विश्वासनीय रेमिट्यान्स सेवाको लागि परिचित रेमिट्यान्स कम्पनी क्योदाइ रेमिट्यान्स आइएमईले ‘तपाईंको कमाई अनी परिवारको सुरक्षा सँगसँगै’ भन्ने प्रतिवद्धताका साथ आफ्ना सेवाग्राहीका लागि दुर्घटना जीवनवीमा योजना ल्याएको छ ।
योजना अन्तर्गत सेवाग्राहीले जापानबाट क्योदाई रेमिट्यान्स मार्फत परिवारका सदस्य वा अन्य व्यक्तिलाई पैसा पठाउँदा नेपालमा भुक्तानी पाउनुहुने ब्यक्तिले भुक्तानी पाएको दिन देखी पाँच लाखको १ वर्षे दुर्घटना जीवनबीमा हुनेछ । क्योदाइ रेमिट्यान्स् आइएमईले आफ्ना सेवाग्राहीले गर्ने प्रत्येक कारोबारमा बोनस पोइन्ट दिने गरेको छ । यो दुर्घटना जीवनबीमा योजना ४० वा सोभन्दा बढी बोनस पोइन्ट हुने सेवाग्राहीमा लागु हुने जनाएको छ । सोही आधार बमोजिम जनवरी महिनामा जापानबाट नेपालमा पठाएको पैसाको भुक्तानी लिनुहुनेहरु मध्यबाट २,१३७ जनाको प्रति ब्यक्ति पाँच लाखको १ वर्षे दुर्घटना जीवनबीमा गरिएको जनाइएको छ । विमितहरुको नामावली कम्पनीको अधिकारिक फेसबूक पेजमा प्रकाशित गरिएको जनाएको छ । त्यसका लागि आफ्नो वेवपेजमा पनि हेर्न सकिने बनाएको विज्ञाप्ति मार्फत जानकारी दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया