जापानको हाकातामा आइएमर्इ क्योदार्इको शाखा

काठमाडौं २४ असार

नेपाल लगायत विश्वका विभिन्न देशमा जापानबाट रेमिटेन्स कारोबार गर्दै आएको आइएमर्इ क्योदार्इ रेमिटेन्सले जापानको हाकातामा नयाँ शाखा विस्तार गरेको छ।

आइएमर्इका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, क्योदार्इका प्रमुख चिरो किमोतो र गैर आवासीय नेपाली संघ जापानका उपाध्यक्ष टंक गैरेले संयुक्त रुपमा सो शाखा उदघाटन गरेका हुन् । खासगरी नेपाली विद्यार्थीहरुको बाहुल्यता रहेको क्षेत्रलार्इ लक्षित गरि शाखा स्थापना गरिएको हाकाताका शाखा प्रमुख रामकृष्ण श्रेष्ठले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया