जापानमा चक्कु आक्रमण : १९ को मृत्यु, २० जनाको अवस्था गम्भिर
काठमाडौं ११ साउन,।
जापानमा एक व्यक्तिको चक्कु आक्रमणमा १९ जनाको ज्यान जानुका साथै कम्तिमा २६ जना घाइते भएका छन् । घाइते भएकाहरुमध्ये २० को अवस्था गम्भिर भएको समाचार छ । राजधानी टोकियोको नजिकको रिहाइशी असहाय आवास क्षेत्रमा उक्त घटना भएको जापानी सञ्चार माध्यमहरुले जनाएका छन् ।
जापानी समाचार एजेन्सी क्योदोका अनुसार नजिकको सागामिहारा शहरमा प्रहरीले एक संदिग्धलाई नियन्त्रणमा लिएको छ । जापानी प्रहरीका अनुसार २९ वर्षका आरोपी असाहाय केन्द्रका पूर्व कर्मचारी हुन् । बीबीसीका अनुसार आक्रमणकारी असक्त मानिस नदेखिउन् भन्ने चाहन्छन् । आक्रमणका समयमा ८ जना कर्मचारी डिउटीमा थिए । जापानमा यस्ता घटना कम हुने भएपनि यो अपवाद भएको छ । तर सन् २००१ देखि २००८ मा पनि चक्कु प्रहारका घटना भएका थिए जहाँ क्रमश ८ जनाले ज्यान गुमाएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया