जापानमा शक्तिशाली भूकम्प
टोकियो १२ साउन।
जापानको सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको होन्सु टापुमा ६.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।
स्थानीय समयअनुसार आइतबार सबेरै भूकम्प गएको अमेरिकी जियोलोजिल सर्भेले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु होन्सु टापुभन्दा दक्षिणतर्फ ३७५.८ मिटरको गहिराइमा रहेको थियो ।
भूकम्पपछि सुनामी चेतवनी भने जारी गरिएको छैन ।
‘रिङ्ग अफ फायर’मा रहेको जापान धेरै भूकम्प जाने क्षेत्रमा पर्दछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया