जीवन बीमा क्षेत्रमा सफल मर्जरको इतिहास रच्दै सूर्य ज्योति लाइफ इन्स्योरेन्सको संयुक्त कारोबार सुरु

कठमाण्डौ ७ पौष २०७९
सूर्या लाइफ र ज्योति लाइफ मर्जर पश्चात आज २०७९पौष ७गतेदेखि संयुक्त कारोबारको शुभारम्भ गर्दै एक उज्वल सुरुवात गरेको छ। गत असार१२ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले आज पुस ७गते सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नाममा संयुक्त कारोबार शुभारम्भ गरेका हुन्। सूर्य ज्योति लाईफ इन्स्योरेन्स क।लि। को नाममा कारोबार भएसंगै सो कम्पनिको रजिस्टर्ड कार्यालय बिराटनगरमा भएसंगै केन्द्रिय कार्यालय भने शान्ता प्लाजा ज्ञानेश्वर हुने तय भएकोछ। कम्पनीको अध्यक्षमा केशबप्रसाद भट्टराई चयन हुनुभएकोछ साथै प्रकाश बिक्रमखत्री प्रमुख कार्यकारी अधिकृत तथा पवन कुमार खड्का नायव प्रमुख कार्यकारी अधिकृत हुनु भएको छ।
मर्जरपश्चात सूर्यज्योतीको कुल चुक्ता पुँजीरु ४अर्ब ५४ करोड र कुल लगानी २८अर्बभन्दा बढीपुग्ने पुग्नुका साथै दुई कम्पनीको आ।व। २०७९ र ८०को पहिलो त्रैमासिकसम्मको कुल जीवनबीमाको शरु २२अर्ब ,कुल बीमा शुल्क २अर्ब २७ करोड भन्दा बढी तथा नाफा भने ४२ करोड पुगेको छ।
बीमाक्षेत्रमा सूर्यालाईफले एकदशकभन्दा बढी समयदेखि उल्लेखनीय सेवाप्रदान गरि आफुलाई एक बृहत्कम्पनीको रुपमा प्रस्तुत गरिरहेको थियो भने ज्योतिलाईफले भने स्थापनादेखि छोटोसमयमानै बिस्वश्नीय सेवा दिदैआफुलाई एक सबल कम्पनीको रुपमा चिनाईरहेको थियो। आजको मितिमा आइपुग्दा कम्पनीको कुलकर्मचारी संख्या करिब ७००, कुल अभिकर्ता संख्या करिब ७५००० भन्दा बढी, प्रोडक्ट संख्या १५ संगै देशभर सात प्रदेशमा १८१ शाखाहरुबाट १३ लाखभन्दा बढी बीमिंतलाई सेवा दिंदै सूर्य ज्योती बिशाल कम्पनि भएको छ।
मर्जरकाक्रममा देखिएका सम्पुर्ण कठिनाइलाई एकपछि अर्कोगर्दै आपसी सहमतिमा टुङ्ग्याउँदै मर्जरपश्चात सूर्य ज्योति दोस्रो ठुलो कम्पनी बनेको र हरेक सूचकमा अब्बल रहेको कुरा जानकारी गराउँदै आगमी दिनमा यो भन्दामाथि पुग्ने जानकारी दिएको छ।
सूर्य ज्योती लाईफका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले सूर्यालाईफ र ज्योति लाईफ इन्स्योरेन्सको रुपमा सेवाप्रदान गरिरहेका दुई कम्पनी एतिहासिक सफल मर्जरपश्चात एक बनेर सूर्यज्योतिलाइफ अब अझ बृहत् ,अझ सबल, अझ बिशाल रुपमा बीमा क्षेत्रमा उभिएको जानकारी गराउनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया