जीवन बीमा सेवा सम्बन्धी सम्झौता”

काठमाडौँ ३० फागुन

जीवन बीमालाई सर्वसाधारणको पहुँचसम्म सजिलै पु¥याउने उद्देश्यले फागुन ३० गते एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र गण्डकी विकास बैंक लिमिटेडबीच “जीवन बीमा सेवा“ सम्बन्धी संझौतापत्रमा हस्ताक्षर भएको छ । उक्त संझौतापत्रमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र गण्डकी विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले एक कार्यक्रमका बीच हस्ताक्षर गर्नुभएको छ । अब गण्डकी विकास बैंकको ७७ वटा शाखाहरुबाट समेत एशियन लाईफले प्रचलनमा ल्याएको सावधिक र म्यादी जीवन बीमा योजना गरी २० वटा जीवन बीमा योजनाहरु खरिद गर्न सकिने बैंकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया