जीवन रक्षाको बिनय : ‘ब्लड क्यान्सर’बाट नौँ महिना देखी अस्पतालशैयामा

लक्ष्मी पाण्डे

बारा, ८  मंसिर

सरकारले पछिल्लो समय नेत्री सुजाता कोइरालालाई उपचारका लागी ५० लाख दिने घोषण गरिरहदा आर्थिक अभाबमा जीवनसंग हार मानिरहेका कैयौँ नेपाली शरिरहरु छटपटाईरहेका छन् । पैसा भए जिवन फर्किन सक्छ तर नभए ज्यान जान्छ । यी कुरा जान्दा जान्दै पनि थोरै रकम पनि नहुदा आंशुमा बहकिन बाहेक अरु बिकल्प नभएपछि एउटा प्रतिनिधि पात्र बाराकी गोमा पौडेल छोराको उपचारमा खर्च जुटाउन नसक्दा चिन्तित् छिन् ।unesh-poudel-2

बारा, डुमरवाना १५ का युनेस पौडेल यतिबेला अस्पतालको शैयामा पुर्नजिबन खोजीरहेका छन । १८ बर्षका युनेस स्नातक तहमा भर्ना हुन पाउँदा नपाउदैं त्यही दिन देखी मृत्युसंग लडिरहेका छन । थाहै नपाई ब्लड क्यान्सरका सिकार भएका उनि अहिले उज्यालो भबिष्यलाई त्याग गरी बांच्न मात्रै पाउने आशामा छन । अहिले उनि बुबा र बहिनीको सहारा लिएर भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचाररत् छन ।

धेरै दिनदेखी रुघाखोकीले सताएपछि युनेस घरमा बारा आएका थिए । सामान्य उपचारका लागी सिमराको तराई हस्पिटरमा देखाउदा उनको फोक्सोमा पानी जमेको बताइएपछि अस्पतालले उनलाई चितवन मेडिकल कलेज रिफर गरर्यो । मेडिकल कलेजमा केही समयको उपचारमा करिब एक लाख सकियो तर उनि निको भएनन् । अन्तत् माघ १९ गते मेडिकल कलेजले उनलाई रगतमा क्यान्सर हुन सक्ने भन्दै भरतपुर क्यान्सर अस्पताल पुर्याउन अनुरोध गरेपछि उनलाई फागुन २ गते क्यान्सर अस्पताल भर्ना गरियो ।
अस्पतालमा अहिले युनेसको पाँचौ पटक सम्म रगत (किमु) चढाएपछि सकुसल अवस्थमा छन । अहिले उनि अस्पतालकै क्वाटरमा नियमित डा. को सम्पर्कमा छन । उनलाई करिब ९ महिना देखी अस्पतालमा राखिएको छ । ब्लड क्यान्सर पुरै सफल उपचार हुन कम्तिमा पनि ३ बर्ष अस्पताल रहनुपर्ने र प्रयाप्त रकमको ब्यवस्था गनुपर्ने अस्पतालले बताएको छ । युनेसको उपचारमा संलग्न डा. भोला प्रसाद रौनियार र गुरुशरण शाहले उनको अवस्थामा अहिले सुधार आएको र पैसाको ब्यवस्था गर्न सके उपचार सफल हुने बताए । ‘कतिपय अवस्थामा पहिलो पटकमै रगत चढाउदा ब्लड क्यान्सरका बिरामीहरुको ज्यान जान सक्छ , तर युनेस बाँच्न त बाँचे तर अबको थप उपचार खर्चका लागी उनका परिवारलाई हम्मे हम्मे परेको छ’ , डा. रौनियारले भने – ‘अझै कत्ति रकम लाग्छ भन्न सकिने अवस्था छैन,अस्पतालले गर्न सक्ने आर्थिक सहयोग गरिसकेको छ,अबको उपचारलाई दाता गुहार्न जरुरी छ ।’goma-poudel-1

छोरा–छोरीलाई कम्तिमा पनि राम्रैसंग पढाउछु भन्ने अभिलासा बोकेर बषौँ अघि बिदेशिएका उनका बुबा नारायण पौडेलले दुई बर्षको कमाईले एउटा घर बनाउन सके र बाँकी रकमले छोरा युनेसलाई काठमाण्डौको बाफल स्थीत ग्रिन फिल्ड कलेजमा उच्च शिक्षाका लागी भर्ना गरे । सन्ततीको भविष्यका लागी मजदुरी गर्न उनि फेरी बिदेशिए । कान्छी एउटा छोरी र जेठो छोरो युनेसका बुबा दुई बर्षमा फर्किदा युनेसले उच्च शिक्षा पुरा गरेपछि छोराको थप अध्ययनका लागी फेरी आर्थिक जोहो गर्न बैदेशिका रोजगारमा फर्किने निधो गरे र छोरालाई स्नातकका लागी काठमाण्डौको क्षेत्रपाटी स्थित पब्लिक युथ कलेजमा पढाउने रहर गरे । तर उनका बुबा गएको २३ दिनको दिन सपना र आसाहरुलाई थांती राखेर छोरो बिमारीको खबरले घर फर्किन बाध्य भए ।

निम्न आर्थिक अवस्था भएका उनका बुबाका दाजुभाई धेरै भएको कारण अंशमा आएको १० धुर पनि धौ धौ गरेर निखन्नुपर्यो । उनिहरुले भात मात्रै खानलाई पुग्ने सात कठ्ठा जमिन पनि हालसालै छोराको उपचारमा बिक्रि गरे । खेत बिक्रि भएको ११ लाख रुपैया त उपचारको प्रारम्भिक चरणमै स्वाहा भयो तर युनेसको जीवन फर्किन अब अझ घर नै बेच्नुपर्ने पिडाले आमा गोमा पौडेललाई सताईरहेको छ । उनले केही समय अघिमात्रै बनाएको घरतिर हेर्दै घर किन्ने ग्राहकको खोजीमा रहेको बताउंदै गहभरी आंसु बनाईन् ।

सांझपख युनेसको घरमा पुग्दा उनकी आमा ३६ बर्षिय गोमा पिडीको डिलमा मौनतामा एकोहारीरहेकी थिइन् । ‘छोराको जिवनको लागी भएको जमिन पनि बेच्यौँ,घर किन्ने मान्छै खोज्दै छौँ, गाउँको ऋण पनि के गरी तिर्ने थाहा छैन’ , उनले भनिन्– ‘घरै बेचेर नि छोरोलाई बचाउन सके हुन्थयो’ ।
गाउँमा छरछिमेकबाट पनि सात लाख भन्दा बढि ऋण लिइसकेकोले घर नबेची उपाए नै नभएको उनले दुख पोखिन् । तिन दिन अघि मात्रै युनिसले घर हेर्ने रहर लागेको भन्दै बुबा नारायणसंग घर आएर आमालाई भेटेका रहेछन् । भोली पल्टनै उनलाई गार्हो हुन थालेपछि एम्बुलेन्समा अस्पताल लगिएको उनकी आमाले बताइन् । ‘म त घर आउन पाउदिन जस्तो लागेको थियो, घर हेर्न पाएँ, आफ्नो जन्मेको ठाउँ हेर्न पाएँ, अब फर्किन नसकेपनि मलाई दुख छैन’ ,– युनेसले घर आएर फर्किने क्रममा भनेका कुरा सम्झिदै गोमा भक्कानिइन् । आसु पुछ्दै उनले छोराको जीवन रक्षाको अनुनय आशा ब्यक्त गरीन– ‘छोरालाई जसरी नि बचाउँन पाए हुन्थयो’ ।

अहिले सम्म युनेसको उपचारमा भरतपुर क्यान्सर समाजले दुई लाख रुपैया बराबरको उपचार सुबिधा र अस्पतालले जिल्लाको सिफरिसमा एक लाख सुबिधा पाएको युनेसका बुबाले बताए । अहिले सम्म आफुले जोहो गरेको सहित २० लाख भन्दा बढि खर्च भैसकेको छ । केहि दिन अघि छिमेकीहरुले पनि चन्दा संकलन गरी रु ६० हजार जुटाएका छन । स्थानियहरुले बैङक खाता खोली देश बिदेशमा बस्ने आफन्तहरुसंग पनि सहयोग संकलन गर्ने कार्य सुरु गरेका स्थानिय समाजसेवी बिदुर खडकको भनाई छ ।
कम्युनिटि डेभलपमेन्ट बैक भरतपुर को खाता न००७००००२८३०५ मा सामान्य सहयोग संकलन भैरहेको युनेस बचाउ अभियानमा लागेका खडका बताउंंछन ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया