जेठ १४ बाट हिमाल दोलखा हाइड्रोपावरको साधारण शेयर आउने

बिजनेसपाटी ६ जेष्ठ

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले यहि जेठ १४ गतेदेखि साधारण शेयर जारी गर्ने भएको छ । हाइड्रोपावरले पहिलो चरणमा आयोजना प्रभावित इलाम जिल्लाका बासिन्दाहरुको लागि १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

पहिलो चरणमा इलाम जिल्लाका बासिन्दाहरुको लागि शेयर निष्काशन  गरिएको उक्त आईपिओमा आयोजनाबाट अति प्रभावित क्षेत्र इलाम नगरपालिकाको वडा नम्बर ९, १० र माई नगरपालिका वडा नम्बर ९ तथा इलाम जिल्लामा बसोबास गर्ने नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् ।

आइपिओको निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।  न्यूनतम १० कित्ताका लागि एक हजार रुपैयाँदेखि अधिकतम एक लाख कित्ता अर्थात एक करोड कित्तासम्म आईपिओमा आवेदन गर्न सकिने जनाइएको छ ।

इलाममा शाखा रहेका माछापुच्छ्रे बैंक, नेपाल एसबिआई, लक्ष्मी बैंक चोकबजार, एभरेष्ट बैंक फिक्कल, सेञ्चुरी बैंक भानुपथ, ग्लोबल आईएमईको शाखा कार्यालयहरु र आयोजना स्थल इलाम नगरपालिका वडा नम्बर ९, १० बाट उक्त आईपिओ भर्न सकिनेछ ।

जेठ २८ गतेसम्म आवेदन गर्न सकिने आईपिओमा सो समयमा आवश्यक आवेदन नपरेको खण्डमा असार १३ गतेसम्म खुला रहने जनाइएको छ ।

कम्पनीले स्थानीय बासिन्दाका लागि निष्काशन गरिएको शेयर बाँडफाँडपछि  सर्वसाधारणमा ६२ करोड रुपैयाँ ६२ लाख कित्ता शेयर निष्काशन गर्ने जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया