जैविक विविधता संकट र विश्व जगत

शिवकुमार श्रेष्ठ
पृथ्वी प्रकृतिक विविधताले भरिपूर्ण भएकोले यहाँ जौविक विविधताको महिमा अनुपम हुनाका साथै अनौठा छन् । पर्यावरणीय संवोदनशीलतालाई ख्यालै नगर्दा अवका भावी पुस्ताले सक्कली प्राकृतिक सौदर्य र मनोरम दृश्य, हरियाली, हिमालहरुबाट त वन्चित हुनु पर्ने छैन ? मानवको विभिन्न अंगहरु हुन्छन् । ती मध्ये मुटु पनि एउटा पर्दछ । जुन शरिरलाई जीवित राख्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यस मुटु भित्र पनि माया, ममता, दया , हर्ष, खुशी दुःख र विषमत लुकेको हुन्छ । उसलाई पनि आनन्दको अनुभूति गर्न मन ललायित हुन्छ । त्यस वेला उसलाई प्राकृतिक सौदर्य र मनोरम दुश्यले मात्र मन र मस्तिष्कलाई शान्ति दिने विकल्प हुन्छ । विश्वमै नेपाल सानो र आर्थिक विपन्न देशभए पनि प्राकृतिक स्रोत साधन र सुन्दरताले धनी छ । धरातलीय विविधता र हावापानीको कारण जौविक विविधतामा नेपाल विश्वको २५ औं र एशियाको ११ औं स्थानमा पर्दछ ।
जलवायु परिवर्तनका खराब परिणामका सम्भावना वा जोखिमलाई जति धेरै महत्व दिन्छौं । त्यति धेरै खराब परिणाम निस्कन्छ । जलवायु परिवर्तनबाट तापक्रम एक निश्चित मात्रामा पुगिसके पछि त्यसबाट हुने विषम मौषम परिघटनाबाट क्षति अस्वाभाविक रुपले हुन्छ । जलवायु दुष्परिणामको लागत व्यहोर्न असक्षम हुनाका साथै मानव लगायत जौविक विविधतामा कुठाराघात गर्नु हो । जसका लागि लगानी गर्न आर्थिक कुशलता आवश्यक देखिन्छ ।
कोलम्विया विश्व विद्यालयका प्राध्यापक तथा नोवेल पुरस्कार विजेता जोसेफ इ.स्टिगलिज संयुक्त राष्ट्र संघद्धारा गठित कार्बन मूल्य माथिको उच्च स्तरीय आयोगको प्रतिवेदनमा लेख्नु हुन्छ । हरित अर्थतन्त्रको संक्रमणले नवप्रर्वतन र समृद्धिलाई उत्प्रेरित गर्ने भएकोले जीवन स्तर उकास्ने र पेरिस संझौताले निर्धारण गरेको विश्वव्यापी तापक्रम २ डिग्री सेल्सीयस सीमित राख्ने लक्ष्य एकै साथ हासिल गर्न सकिने दृष्टिकोण प्रस्तुत गरेका छन् । उनले उक्त प्रतिवेदनमा अगाडि लेख्दछन् । हामीले उच्च स्तरको सार्वजनिक लगानी सुदृढ नियमन एवं प्रदुषणको सामाजिक लागत लाभको लेखाजोखाबिच सहि संयोजन गर्न सकियो भने मात्र यस्तो लक्ष्य हासिल हुन संभव छ । वातावरणीय दिगोपन अधिकतम सामाजिक न्याय हासिल गर्ने प्रयासको तादम्याताबाट मात्रै हासिल हुन सक्ने छ । भनि उल्लेख गरेका छन् । मानवद्धारा सुजित यस्ता दुष्परिणामको कारण मानव लगायत सम्पूर्ण जैविक विविधताको जीवन संकटपूर्ण भई भयावह हुने संभावनालाई समास्याको समाधान तर्फ ध्यान पु¥याउन जरुरी भैसकेको छ ।
२०७६ माघ ७ गते अष्ट्रेलियाको पूर्विय भाग न्यु साउथ वेल्स, कवीन्स, ल्याण्ड र भिक्टोरिया राज्यमा १०० किलो मिटर प्रति घण्टाको दरले आएको भीषण आँधीबेरीको कारण ३० हजार घरको विद्युत लाइन अवरुद्ध भएको थियो । त्यस्तै २०७६ साल पुष १६ र १७ गतेको भीषण वर्षा पछिको बाढीका कारण इन्डोनेशियामा २३ जनाको मृत्यु भएको छ । हजारौ मानिसको घर भत्किएको छ । साथै दशौ हजार स्थानीय बासिन्दा विस्थापित भएका छन् । २०७६ माघ ४ गते फिजीमा ‘तीनो’ नामक शक्तिशाली आँधीको कारण तीन हजार मानिस विस्थापित भएका  थिए । भने २ जना वेपत्ता भएका थिए । आधीसँगै अत्याधिक वर्षाको कारण  उद्धार कार्यमा बाधा भएको थियो । उक्त आँधी फिजीको ताभेनी टापुमा आएको थियो । हाम्रो देश नेपालमा २०७६ साल माघ २ र ३ गतेका अविरल वर्षा र हिमपातको कारण माछापुच्छे्र अन्नपूर्ण हिमालको आधार शिविरमा १ सय ५० जना स्वदेशी र विदेशी पर्यटक अलपत्र परे भने ११ जना वेपत्ता भएको जानकारी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । २०७६ साल पुष २८ गते अमेरिकाको टेक्सास र ओकलाहोमा आएको वर्षा आँधी कडा हावाहुरी र बाढीको कारण ११ जनाको मृत्यु भएको थियो । आँधीबेरीको कारण धेरै रुखहरु ढल्नुका साथै भौतिक संरचनाहरु क्षति भएको थियो । २०७६ साल माघ २ गते पाकिस्तान नियन्त्रित काश्मीर क्षेत्रमा वर्ष र हिमपात भएको घटनामा परि ६२ जनाको मृत्यु भएको थियो । घटनाका कारण ५३ जना घाइते भएका र २८ जना हराएका थिए । उक्त दिनको हिमपात र वर्षाको कारण पाकिस्तानकै निलम उपत्यकामा प्राकृतिक विपद निकै घातक भई वर्षा र हिमपातको कारण ५९ जनाको मृत्यु र ५३ जना घाइते र २८ जना हराएका थिए । हिमपात पहिरोको कारण वनस्पतिहरु, पन्छी घरेलु र वन्य जन्तुहरु नष्ट भए । हिमपातको कारण प्राकृतिक रुख, विरुवा र विभिन्न जैविकहरुको नष्ट भएको थियो ।
सन् २०१९ को सेप्टेम्बरमा अष्ट्रेलियाको दक्षिण पूर्वी राज्यहरु भिक्टोरिय, साउथ वेल्समा लागेको भीषण डढेलोको कारण २ हजार १३१ घर क्षति ग्रस्त भयो भने मृत्यु हुनेको संख्या २७ पुगेको छ । लाखौ मानिस जोखिम युक्त क्षेत्रबाट विस्थापित भएका छन् । वन जंगलमा लागेको डढेलोको कारण उत्पन्न धुवाले वायु मण्डल दुषित भई कुहिरो लागेको थियो । साथै उक्त डढेलोको कारण करोडौं विभिन्न जातका रुख, विरुवा, वनस्पति, जडीबुटी, पन्छी, कीट पतङ जलेर नष्ट भए । सानातिना खोल्सा, स–साना खोलाका जल सुकेका छन् । उक्त डढेलोको धुवाँ १३ हजार किलो मिटर पार गरि दक्षिण अमेरिकाको उरुग्वे राज्यसम्म फैलन पुगेको थियो । जसको प्रत्यक्ष अप्रत्यक्ष असर मानव स्वास्थ्यमा परेको छ । सन् २०१९ को जुन जुलाईमा ब्राजिलमा लागेको डढेलोले आमेजन क्षेत्रको वन जंगल जष्ट हुनाका साथै जैविक विविधताले भरिपूर्ण बन्य जन्तु, पशुपन्छि, कीटपतङ्ग जडीबुटीको साथै रुख विरुवा करौडौको मात्रामा डढेर खरानी भए । अमेरिकाको क्यालिफोर्निया राज्यमा लागेको डढेलो पनि कम कष्टदायी  र दर्दविदारक थिएनन् । अष्ट्रेलिया, ब्राजिल र अमेरिका जस्ता मुलुक जलवायुप्रति उदासिन छन् । अझै पनि हामी संवेदनशील भइ कदम नचाल्ने हो भने निश्चय नै पृथ्वी आगामी दिनमा निम्तने डर लाग्दो दृष्यको शुरुवात देखाई सकेको छ । सन् २०१६ जुलाइमा फिलिप अल्सटनको रिपोर्ट भन्दछ , जलवायु परिवर्तनका कारण सन् २०३० सम्ममा १२० मिलियम मानिस प्रभावित हुनेछन् । उच्च गरिबी, भोकमरी र रोगको कारण धेरै विस्थापित हुने छ । जसका लागि विपद सुरक्षा, सामाजिक सुरक्षा, खाद्यान्न, वासस्थान र स्वास्थ्य पहुँचका लागि एकजुट भई जलवायु संरक्षण संवद्र्धन र संभार गरि मानव लगायत पृथ्वीका सम्पूर्ण जैविक विविधताको रक्षा गर्नु हाम्रो काधँमा दायित्व आएको छ । अहिलेसम्म सामना गरिरहेको सबैभन्दा ठूलो जलवायु परिवर्तन हो । जलवायु परिवर्तन हामीलाई कति महङ्गो पर्छ भनि अष्ट्रेलियामा, ब्राजिल र अमेरिकाको डढेलोलाई लिन सकिने छ भनि इन्डोनेशिया, भारत र फिजीको वर्षा पछिको बाढी, पहिरो र जापानको बढ्दो तापक्रमले जनधनको क्षतिलाई आकँलन र अनुमान लगाउन सकिन्छ । जलवायु परिवर्तनलाई वेवास्ता  गर्नेहरुको वर्चस्व भएका देशहरु भएकोले ती बाढी, पहिरो, डढेलो, आँधीबेरी, खडेरी र अत्याधिक चिसो र गर्मी जस्ता अत्यन्त  चरम जलवायुसँग सम्बन्धित घटनाका कारण अधिक मात्रामा जनधन गुमाउनु परेको सत्यतथ्यलाई स्वीकार्नु पर्ने हुन्छ । हरित ग्यास उत्सर्जन लाखौं  वर्षमा उच्चतम स्तर पुग्ने प्रक्षेपण गरिएको छ ।
एक अमेरिकी जासुस सेट लाइटले सन् १९७० देखिको सगरमाथाको तस्वीर खिचेको थियो । उक्त तस्वीरको आधारमा सन् १९८० पछि सगरमाथाको हिऊ पग्लने गति निकै तिव्र गतिमा छ । यसरी ६० दशक यता सगरमाथाको सवै क्षेत्रमा औसत ८ इन्च हिऊ पग्लि रहेको छ । रोङबुक र खुम्बुक तथा इमाज हिमनदीमा जमेको हिऊ निकै तिब्र गतिमा पुग्लिनुको कारण आगामी १ सय वर्ष भित्र सगरमाथा माथि हिऊ नहुने रिपोर्ट सार्वजनिक भएको छ । जसका कारण लाखौ मानिसलाई खानेपानीको अभाव हुने छ । सगरमाथाबाट हिऊ पग्लिएर सकिएसँगै नेपाल र चीनको तिब्वतमा ठूलो क्षति हुन सक्ने देखिन्छ । यसले विश्व मानवलाई कुन दिशामा लाने हो ? मानवीय क्षतिको लेखा जोखा गर्न पनि अकल्पनिय छ । यी सबै हुनाका कारण कर्पोरेटले निर्माण गरेका आणविक भट्टीबाट निस्केका ग्यासले ग्लोवल वार्मिङ बढ्न गई यस्तो अवस्था आएको हो । हाल नेपालका ७५३ वटा स्थानीय तहमध्ये २०५ वटा स्थानीय तह वन विहिन छन् । हरित ग्यास उत्सर्जनमा नेपालको ०.०२७ प्रतिशत भूमिका छ । ग्रीन कलाईमेट फण्डबाट पहिलो पटक नेपालले ४० मिलियन डलर प्राप्त गरेको थियो । पछिल्लो पटक ३२ मिलियन डलर स्वीकृतको अन्तिम चरणमा छ । हाम्रो देशमा पेट्रोलियम पदार्थमा प्रति लिटर ०.५० पैसाका दरले कार्वन उत्सर्जनको व्यवस्थापनको लागि कर उठाउँदै आएको छ । उक्त रकम सम्बन्धित विषयमा खर्च नगरि अन्य भौतिक पूर्वधारमा खर्च गरिनु पनि दुर्भाग्य नै हो ।
नदी, दुङ्गा, गिट्टी, वालुवा र चुरेको अनियन्त्रित दोहनबाट कतिपय नदी नालाहरु मृत अवस्थामा छन् । चुरेमा पर्ने ३६ जिल्लाहरुमा हाम्रो देशमा भएको १ सय १८ वटा जैविक विविधता मध्ये २३ जैविक चुरेमा छन् । चुरेलाई वन्यजन्तुको संरक्षण स्थल पनि भनिन्छ । हामीले पर्यावरणलाई वचाई नराखे जैविक विविधताभित्र पर्ने मानवको जीवन पनि संकटमा पर्ने हुनाले प्रकृति बचाई राखे जीवनको आधार बन्ने छ । प्रकासित मिति २०७७–११–६

फेसबुकबाट तपाईको प्रतिक्रिया