जोयालाई के को आधारमा नेपाली नागरिकता दिने ?

लक्ष्मण गौतम, युके

जोया भाग्यमानी रहेछिन, अबैधानिक रुपमा नेपाल बस्दा पनि फूलमाला लगाएर आफ्नो देश जाने सौभाग्य पाईन, युरोप अमेरिका तिर हुन्थिन भने हद्कड़ी लगाएर जहाजसम्म जानुपर्थ्यो ! अहिले जोयाको समाचारले सामाजिक संजाल तताएको छ । धेरैले जोयाको पक्षमा समाचार र स्टाटस लेखेका छन ! हामी नेपाली सधै यसैगरी भावनामा बहकिन्छौ ! नेपाल बस्न पाउने वा नेपाली नागरिकता पाउने दाएरा संबिधानले प्रष्टसंग तोकेको अवस्थामा जोया कसरी नेपाल बस्न पाउछिन ? जोयाले नियम, प्रकृया पुरा नगरिकन कसरी नेपाली नागरिकता पाउन सक्छिन ? उसको नेपाल बस्ने भिषा छैन, बिवाह दर्ता पनि भएको छैन, उनको प्रेमी भनेको व्यक्तिले उनलाई छाडेको अवस्था छ भने कुन कानुनले उनलाई नेपालमा राख्न मिल्छ ? ६० लाख युवा बिदेशमा छन, अब यसैगरी सबैले विदेशीलाई भुडी बोकाउदै नेपाल ल्याउछ्न भने कानुनी प्रकृया नै नपुराई सबैलाई नेपाली नागरिकता दिदै जाने ?

नेपाली नागरिकता कसरी केका आधारमा लिन पाईन्छ भनेर संबिधानले प्रष्ट संग भनेको छैन र ? कि देश भावनामा चल्छ ? के नेपाली चेली भुडी बोकेर युरोप, अमेरिका तिर बच्चा जन्माउछन भने उनीहरुले युरोपेली वा अमेरिकन नागरिकता पाउछन त ? उत्तर- अह पाउदैनन ! म बेलायत बस्ने भएकाले म बेलायतकै कुरा गर्छु ! यहाँ यदी कुनै बेलायतीले बिदेशी महिलासंग बिवाह गर्छ भने उसले आफ्नो श्रीमतीलाई बेलायत ल्याउन पनि बार्षिक २२ हजार ५०० कमाउने जागिर गर्नुपर्छ र कर तिरेको हुनुपर्छ ! उसले मेरो श्रीमतीलाई म पाल्न सक्छु भन्ने आधार पेश गरेपछी मात्र उसको श्रीमती आफ्नो लोग्नेको डिपेन्डेण्ट भिषामा बेलायत आउँन पाउछिन अनि बेलायतमा २ बर्ष संगै बसेपछी, लाईफ ईन युके टेस्ट पास गरेपछि मात्र उसको श्रीमतीले पिआर लिन सक्छिन र पिआर लिएको ५ बर्ष पछी मात्र ब्रिटिस पासपोट लिन सक्छिन ! जोयाको सन्दर्भमा उनको नेपालमा बिवाह दर्ता पनि भएको छैन, नेपालमा बस्ने भिषा पनि छैन, उनको श्रीमान भनिएको केटाले उनलाई छाडेको अवस्था छ ! यदी जोया बेलायतमा हुन्थिन भने बेलायत सरकारले उनलाई फूलमाला होईन हद्कड़ी लगाएर जहाजसम्म पुराउथ्यो यसर्थ नेपालको सन्दर्भमा म जोयालाई भाग्यमानी ठान्छु, ईज्जतका साथ आफ्नो देश फर्कने अवसर प्राप्त गरिन !

प्रकाशित मिति २०७३ भदौ १

फेसबुकबाट तपाईको प्रतिक्रिया