जोशी हाइड्रोपावर कम्पनीको आइपिओ आउने

बिजनेसपाटी ३० बैशाख ।
जोशी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आइपिओ जारी गर्ने भएको छ । कम्पनीले इलाम नगरपालिका वडा नं १, ३ र ४ का वासिन्दाहरुको लागि जेठ ८ गतेदेखि तीन लाख ७१ हजार चार सय कित्ता प्राथमिक शेयर जारी गर्ने भएको हो । कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।
इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको जोशी हाइड्रोपावरले स्थानीयलाई ३ करोड ७१ लाख ४० हजार रुपैंयाको आइपिओ निष्काशन गर्न लागेको हो ।
कम्पनीको आइपिओमा जेठ २२ देखि असार ११ गतेसम्म आवेदन दिन सकिने सिद्धार्थ क्यापिटलले जनाएको छ ।

सिद्धार्थ बैंक, एक्सेल डेभलपमेन्ट बैंक र कन्काई विकास बैंकमार्फत आवदेन दिन पाउने जनाइएको छ । सो आइपिओमा न्युनतम ५० देखि अधिकतम १ हजार ८ सय कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ ।
यस आयोजना निर्माण गर्नका लागि ५५ करोड ३५ लाख रुपैयाँ लाग्ने अनुमान छ । जारी पुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको
कम्पनीमा संस्थापकको ५१ र ४९ प्रतिशत सर्वसाधारणको लगानी रहनेछ । स्थानीयलाई १० प्रतिशत र सर्वसाधारणलाई ३९ प्रतिशत आइपिओ निष्कासन गर्ने कम्पनीको योजना रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया