ज्योति न्यौपानेको “दमौली बजारैमा” सार्वजनिक ( हेर्नुस भिडियो )

काठमाडौँ १ चैत्र । 

शिबदर्शन फिल्मस्  प्रालिले अर्को एउटा पृथक लोकदोहोरी गीत “दमौली बजारैमा” बजारमा ल्याएको छ ।  ज्योति न्यौपानेको प्रस्तुतिमा रहेको गीतमा एक अर्का बीच झाँगिएको मायामा फरक किसिमको त्रास र त्यो त्रास भित्र आफन्तको डरबाट मुक्त हुने उपाय खोजिएको छ । 

“दमौली बजारैमा” बोलको यस गीतमा गायक ज्योति न्यौपानेलाई गायिका शंकर परियारले “जसले जे-जे भने पनि चोखो माया तिमीलाई नै लाउछु , भेट्न बोलाउ दमौली मै आउंछु” भनेकी छिन् । गीतमा लय ज्योति न्यौपानेको रहेको छ भने शब्द सिर्जना समिप अधिकारी “कृष्ण” र ज्योति न्यौपानेको नै रहेको छ ।

यस गीतलाई शिब दर्शन  फिल्मस् प्रालिले  भिडियोको रुप दिएर आम संगीत पारखीहरु माझ नेपालका विभिन्न टेलिभिजन च्यानल र आफ्नो युट्युब च्यानल मार्फत सार्बजनिक गरिसकेको छ ।  भिडियोमा समिप अधिकारी र करिश्मा ढकालको जोडदार अभिनय रहेको छ। भिडियोलाई निर्देशन शिबदर्शन् डिजीटल म्युजिक प्रालिकी संचालिका गायत्री थापाले गरेकी छिन् । यस भिडियोका कोरिग्राफर रबिन थापा रहेका छन् । “दमौली बजारैमा” बोलको गीतको म्युजिक भिडियोलाई छायांकन करण चैंसिर र सम्पादन प्रविन रेशमी मगरले गरेका हुन् । भिडियोलाई ललितपुरको प्रसिद्ध धार्मिक स्थल कृष्ण मन्दिर लगाएत विभिन्न स्थानमा छायांकन गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

फेसबुकबाट तपाईको प्रतिक्रिया